Logo

ओली सरकार ढलेपछि फेरीए टोपबहादुर रायमाझी, ‘म एमाले होइन माओवादी नै हुँ’ भन्दै दिए सर्वोच्चमा रिट



काठमाडौ । माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेकै कारण सांसद पद पुगेको ४ महिना पछि टोपबहादुर रायमाझीले आफु एमाले नभएको बताएका छन् । उनी लगायत ४ पूर्व माओवादी नेता आफ्नो सांसद पद पुर्नस्थापनाको रिट लिएर सर्वोच्च अदालत गएका छन् ।

बुधवार उनीहरुले सर्वोच्चमा रिट दायर गरेका हुन् । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफुहरुलाई माओवादीले कारवाही गर्न नमिल्ने भएकाले पुनस्र्थापना हुनुपर्ने माग राखेका छन् ।

सर्वोच्चमा बुझाएको रिट निवेदनमा रायमाझीले आफु अझै एमाले नभएको उल्लेख गरेका छन् । एमाले प्रवेश गरेकै कारण माओवादीले सांसदबाट हटाएको करिब ४ महिनापछि गुहार माग्दै सर्वोच्च पुगेका उनले आफु अझै माओवादी नै भएको तर्क राखेका छन् । पार्टीले आफुलाई स्पष्टिकरण पनि नसोधेको र जवाफ दिने अवसर समेत नदिएर कारवाही गरेको उनको तर्क छ ।

उनले दायर गरेको रिटको मुद्दाको संक्षिप्त खण्डको ख मा केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा आजसम्म औपचारिक रूपमा प्रवेश नगरेको र पार्टीको सदस्यता नलिएको उल्लेख गरेका छन् । हालसम्म पनि आफू माओवादी केन्द्रकै नेता रहेको रायमाझीको दाबी छ ।

​त्यसैगरी रायमाझीको दाबीमा माओवादी केन्द्रको महाधिवेशन पनि नभएको, पार्टीको आधिकारिकता नभएको, सोही पार्टीले आफूलाई स्पष्टीकरणसम्म नसोधी कारबाही गरेको हुँदा कारवाही बदरको माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता