Logo

सर्पले डसेका बालकको उपचारमा २६ लाख जुट्यो, किन आवश्यक भयो यति धेरै रकम?



सर्पले टोकेपछि गम्भीर बिरामी परेका कास्कीको मादी गाउँपालिका-६ तप्राङका १३ वर्षीय बालक विशाल पौडेलको उपचारका लागि २६ लाख २५ हजार दुई सय तीन रुपैयाँ संकलन भएको छ।

बालकका अभिभावको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि असोज पहिलो सातादेखि लागि स्वदेश तथा विदेशबाटसहयोग जुटाउने अभियान शुरु भएको हो। अहिलेसम्म २६ लाख २५ हजार रुपैयाँ जम्मा भएको विशाल पौडेल बचाउ अभियानले जनाएको छ।

गत साउन २८ गते राति घरमै सुतेका बेला करेत सर्पले डसेपछि पौडेल गम्भीर बिरामी भएका छन्। उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचारकक्षमा ४२ दिन उपचार गरेपछि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ। उनको शिक्षण अस्पतालमै उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता