लोक सेवाले खोल्यो विज्ञापन [पूर्ण विवरणसहित]

लोक सेवा आयोगले बढुवा र खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न विभिन्न पदमा विज्ञापन आह्वान गरेको छ ।
बुधवार गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गर्दै आयोगले आवेदन आह्वान गरेको हो ।
स्वास्थ्य सेवा लगायतका पदमा विज्ञापन आह्वान गरिएको छ । दरखास्त आवेदन आगामी कात्तिक १८ गतेसम्म र दोब्बर दस्तुर तिरी कात्तिक २५ गतेसम्म दर्ता गर्न सकिने जनाइएको छ ।
लिखित, प्रयोगात्मक र अन्तर्वार्ता विधिबाट योग्य व्यक्तिलाई नियुक्तिको सिफारिस गरिने जनाइएको छ ।