Logo

बालुवाटारमा देखियो यस अघि कहिल्यै नदेखिएको दृष्य, के सन्देश दिन खोजेका हुन् देउवाले ? 



काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले अघिल्ला प्रधानमन्त्री केपीशर्मा ओलीले गरेका गल्ती सुधार्दै प्रशंसा बटुल्ने काम गरेका छन् । नेपाली कांग्रेसका सभापती समेत रहेका देउवाले बालुवाटारमा पार्टीको बैठक नगर्ने औपचारीक घोषणा गर्दै पार्टीको बैठकवाटै सो निर्णय गराए । यस अघिका प्रधानमन्त्रीहरुले आफ्नो पार्टीको बैठक पनि बालुवाटारमा गर्दै आएका थिए ।

ओलीले वालुवाटारलाई पनि पार्टी कार्यालय जस्तो बनाए भन्दै आलोचना हुँदै आएको कुरालाई मनन गरेर उनले त्यस्तो निर्णय गरेका हुन् । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा फरक दृष्य देखियो । यस्तो दृष्य यस अघि कहिल्यै देखिएको थिएन । बालुवाटारको बैठक कक्षमा प्रधानमन्त्री बस्ने छुट्टै कुर्सी छ । तर देउवाले भने अन्य दलका नेताहरुलाई सम्मान प्रकट गर्दै संगै बसेको देखिएको छ ।

शनिवार वालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्षस्थ नेताको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।

दुई जना पूर्व प्रधानमन्त्री ९प्रचण्ड र नेपाल० र दुई जना पूर्वउपप्रधानमन्त्री ९यादव र केसी० सँगको भेटमा प्रधानमन्त्री देउवा समान हैसियतमा बसेका थिए । उनी प्रधानमन्त्रीका लागि छुट्याइएको कुर्सीमा नबसेर अन्य नेता सरह संगैको सोफामा बसेको देखिन्छ । बायाँतिरको सोफामा प्रचण्ड, नेपाल र केसी बसेका छन् भने दायाँतिरको सोफामा प्रधानमन्त्री देउवा र यादव बसेको देखिन्छ ।

यो पनि उनले ओलीले गरेको गल्तीवाट सिकेको उनका पार्टीकै नेताहरुले बताएका छन् । ओलीले आफ्नै पार्टीका समान हैसियत भएका अर्का अध्यक्ष तत्कालिन नेकपाका अध्यक्ष पुष्पकमल दाहालको कुर्सी सारेर सचिवालय सदस्यको लहरमा राखिदिएको घटना सार्वजनिक भएको थियो । एउटै हैसियत भएका अध्यक्षलाई गरेको अपमानका बारेमा नेताहरुले सार्वजनिक रुपमै बोल्ने गरेका थिए । त्यसवाट पाठ सिक्दै देउवाले सम्मान प्रकट गर्न खोजेको नेताहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता