Logo

आज धेरै ठाउँमा वर्षा हुने, महाशाखाले दियो यस्तो चेतावनी



काठमाडौ । मनसुन भित्रिएसंगै मुलुकका विभिन्न स्थानमा वर्षा जारी छ । आज (आइतबार) देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आइतवार विहानै मौसम वुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो ।

मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्णसम्म मौसम बदली रही धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षा पनि हुने सम्भावना छ।

बुलेटिनअनुसार राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा ९सोमबार बिहान ६ बजेसम्म० का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ, ‘पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता