Logo

मध्यरातमा छोरीको कोठामा सुटुक्क छिरेको यो युवकले जे गर्यो‘ त्यसले गर्दा बन्यो विश्वभर भाइरल



इजेन्सी । सामान्यतया, अर्काको घरमा प्रवेश गरेको चोरलाई अरुले थाहा नपाई सामान कुम्ल्याएर भाग्ने हतार हुन्छ । तर थाइल्याण्डमा एउटा घरमा चोरीका लागि पसेको चोर भने बिहानसम्म सोही घरमै आनन्दले बसेको अनौठो घटना प्रकाशमा आएको छ ।

थाइल्याण्डका सञ्चारमाध्यमले जनाएअनुसार २२ मार्चको रात फेचाबुन प्रान्तको विचेनबुरी जिल्लाको एउटा घरमा चोर पसेको थियो । राति करिब दुई बजे घरभित्र प्रवेश गरेको उक्त चोर बिहानसम्म सोही घरमा मस्तसँग ओछ्यानमा सुतिरहेको अवस्थामा फेला परेको हो ।

उक्त घर एक प्रहरी अधिकारीकै रहेको बताइएको छ । घरको एउटा ‘बेड रुम’ मा प्रवेश गरेको चोरले एअरकन्डिसन र आरामदायी ओछ्यान पाएपछि केहीबेर कपडा खो’ ‘ले’र सुत्ने निधो ग¥यो ।

थाइ सञ्चारमाध्यमका अनुसार उक्त कोठा ती प्रहरी अधिकारीको छोरीको रहे पनि उनी भने घरमा थिइनन् । तर छोरी नभए पनि कोठाभित्र एसी चलिरहेको देखेपछि ती प्रहरी अधिकारीले झ्यालबाट चिहाउँदा चोरलाई सुतिरहेको अवस्थामा फेला पारेका हुन् ।

उक्त चोरलाई प्रहरीले नियन्त्रणमा लिएर चोरी तथा अर्काको घरमा गैरकानुनी रुपमा प्रवेश गरेको कसुरमा कानुनी कारवाही प्रक्रिया अघि बढाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता