Logo

घरमा किरा आइरहन्थे, खनेर हेर्दा उड्यो सबैको होस, भेटिए यस्ताचिज तुरुन्तै पुलिसले गर्नुपर्यो हस्तक्षेप



घर मर्मतको काम भइरहेको थियो । तर अस्वभावीक रुपमा घरमा अनौठा किराहरु निस्किरहेका थिए । कसैको पुरानो घर किनेपछि नयाँ घर मालिकले मर्मतको काम गराइरहेका थिए । लगातार किराहरु आउँदै गए । तर जब मर्मतकै क्रममा खाडल बनाइयो त्यहाँ देखिएको दृष्यले सबैको होस उड्यो ।

भारतको बाबेल रोड स्थित शिव नगरमा मर्मतका क्रममा एउटा घरमा तीन मानव कं का ल फेला परे । सो घटना पछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले घरको पुरानो मालिकलाई पक्राउ गरेपछि खुल्यो त्यो भन्दा ठूलो रहस्य ।

पुलिसले उत्तर प्रदेशको भदोहीबाट पूर्व घर मालिक अहसान सैफी लाई पक्राउ गरेको छ। पुलिसका अनुसार अहसानले साढे २ बर्ष अघि उसकी प्रेमिका र दुई छोरालाई त्यसरी जमिनमुनी द फ न गरेका थिए । शव साथमा, घटनामा प्रयोग भएको ह ति या र पनि राखिएको थियो । घटना पछि उनले त्यो घर बेचेर हिडेका थिए ।

शिवनगर कालोनीमा मंगलबार दिउँसो मर्मतको क्रममा तीनवटा मानव कं का ल फेला परेका हुन् ।

प्रहरीले दाबी गरेको छ कि घरका पूर्व मालिक अहनन सैफी घटना पछि अर्की प्रेमिकाका साथ बस्दै आएका थिए । कांशीराम मम्देवपुरको शहरी आवास योजनामा ​​भाडाको घरमा उनी नयाँ परिवारका साथमा बस्दै थिए। सैफीले त्यहाँ सिकर्मीको रूपमा काम गर्न शुरू गरे ।

पूर्व जग्गा मालिक अहसन उत्तर प्रदेशको भदोहीबाट पक्राउ परेका हुन्। उनीसँग सोधपुछ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता