Logo

सुनैसुनको पहाड भेटियो! खन्दै, माटो पखाल्दै, सुन निकाल्दै (भिडियो हेर्नुस्)



 

काठमाडौं। ठूलो पहाडमा सुनैसुन भरिएको छ भन्ने खबर फैलियो भने के होला रु सुनजस्तो बहुमूल्य धातु पाउन त्यहाँ मानिसहरुको भीड अवश्यक लाग्छ । यस्तै सुनैसुनले भरिएको पहाड भेटिएपछि सुन खन्नको लागि स्थानीयको भीड लागेको भिडियो पछिल्लो समय भाइरल भइरहेको छ ।

पत्रकार अहमद अलगोहबरीले ट्वीटरमा सार्वजनिक गरेको यो भिडियो अफ्रिकी देश कंगोको भएको बताएका छन् । यहाँको एक पहाडमा ६० देखि ९० प्रतिशतसम्म सुन भएको बताइएको छ जहाँ अहिले माटो खनेर, धुलो पखालेर सुन जम्मा गर्ने मानिसको भिड लागेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यहाँ सुन खोज्न जानेहरु अत्याधिक भएपछि प्रान्तीय खानी मन्त्रीले बिहीबार यहाँ खानी उत्खननमा प्रतिबन्ध लगाएका छन् । कंगोको दक्षिण किभु प्रान्तको यो पहाडमा भीड बढेपछि यहाँ अझै राम्रोसँग जाँच नहुँदासम्मको लागि उत्खननमा प्रतिबन्ध लगाइएको छ । फेब्रुअरी महिनाको अन्तमा लुहिहीमा सुनयुक्त कच्चा पदार्थ भेटिएको खबर फैलिएपछि यहाँ सुन खन्नेहरुको भीड लाग्न सुरु भएको थियो ।

दक्षिण किभुका खानी मन्त्री भेनान्ट बुरुम मुहिगिरवाका अनुसार यो ठाउँ प्रान्तीय राजधानी बुकावुबाट लगभग ५० किलोमिटर टाढा छ । कंगोमा घरेलु औचार प्रयोग गरेर खानी उत्खनन गर्नु सामान्य कुरा हो । यहाँ पूर्व र उत्तरपूर्वी क्षेत्रमा कैयौं सुन खानीहरु पनि छन् । भीड बढेपछि उत्खननकर्ता, व्यापारी र कंगो सशस्त्र बलका जवानहरुलाई लुहिही वरिपरिका क्षेत्रबाट अर्को सूचना नभएसम्मका लागि तत्काल हट्न आदेश दिइएको छ ।

अब यी उत्खननकर्ताहरुलाई व्यवस्थित रुपले दर्ता गरेर मात्र उत्खननको लागि जान अनुमति दिइनेछ । गत वर्ष कंगोमा रहेका संयुक्त राष्ट्रसंघीय विशेषज्ञहरूको समूहले रिपोर्ट गरेअनुसार कंगोमा सुन उत्पादन व्यवस्थित तरिकाले निकै कम हुन्छ र यसका पूर्वी छिमेकीहरूमार्फत विश्वव्यापी आपूर्ति श्रृंखलाहरूमा कैयौं टन सुन तस्करी हुन्छ । डिसीनेपाल बाट

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता