Logo

पोस्टमार्टम गर्न लाग्दा लाशको हातका रौं ठाडो भएपछि…



 

एजेन्सी । एक युवकलाई डाक्टरहरुले मृत घोषित गरिदिएपछि उनलाई अर्को अस्पतालमा लगेर पोस्टमार्टम गर्न लाग्दा अचानक उनको हातका रौहरु ठाडो भए । आश्चर्यजनक र अविश्वसनीय लाग्ने यो घटना सत्य हो । घटना भारतको कर्नाटक राज्यमा भएको हो ।

हिन्दूस्तान टाइम्सका अनुसार पोस्टमार्टम गर्न लाग्दा लाशको हातका रौहरु उठे अनि उनको शरीरमा हल्का हलचल पनि देखियो । यो सब देखेर चकित परेका डाक्टरले उनलाई तत्काल अस्पतालमा सारे । अहिले उनको शरीरले उपचारप्रति प्रतिक्रिया दिइरहेको छ र उनको उपचार जारी छ ।

कर्नाटकको महालिंगापुरमा २७ फेब्रुअरीमा २७ वर्षका युवक शंकर गोम्बी दुर्घटनामा परेका थिए । उनलाई तत्काल एक निजी अस्पतालमा भर्ना गरियो । अस्पतालमा २ दिन राखिएपछि अस्पतालले शंकरलाई ब्रेन डेड घोषित गरिदियो ।

अस्पताल प्रशासनले शंकरका परिवारसँग शव लिएर जान र सरकारी अस्पतालमा पोस्टमार्टम गराउन भने । निजी अस्पतालबाट शंकरको शरीरलाई बगलकोटस्थित महालिंगापुर सरकारी अस्पताल पठाइयो ।

यता डाक्टरहरुले पोस्टमार्टमको तयारी थाले भने उता शंकरका परिवारले अन्तिम संस्कारको तयारी सुरु गरे । अस्पतालले डा। एसएस गालगलीलाई पोस्टमार्टमको जिम्मेवारी दियो । डा। गालगली अस्पताल पुग्दा शंकरलाई भेन्टिलेटरमा राखिएको थियो ।

शंकरका परिवारका अनुसार निजी अस्पतालका डाक्टरले उनीहरुलाई भेन्टिलेटर हटाउनासाथ शंकरको सास रोकिने बताएका थिए त्यसैले पोस्टमार्टम अघिसम्म उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

डा। गालगलीका अनुसार उनले शंकरको शरीरको पोस्टमार्टम गर्नुभन्दा पहिले जाँच गर्ने सोच बनाए । त्यही बेला डा। गालगलीले शंकरको हातका रौं ठाडो भएको देखे । उनको हातमा हल्का हलचल पनि महसुस भयो ।

डा। गालगलीले तत्काल अक्सिमिटरमा उनको मुटुको धडकन जाँच गरे, ढुकढुकी चलिरहेको थियो । डा। गालगलीले भेन्टिलेटर हटाए । त्यसपछि जे भयो त्यो देखेर सबै मानिसहरु चकित परे ।

शंकरको हात जोडले हल्लियो । त्यसपछि डा। गालगलीले शंकरका परिवारलाई बोलाएर यो खबर सुनाए । उनले परिवारलाई शंकरलाई अर्को अस्पतालमा लगेर उपचार गराउन भने । परिवारले तत्काल शंकरलाई अस्पताल लिएर गए जहाँ २ दिनदेखि शंकरको उपचार भइरहेको छ । शंकर जीवित छन् र उनका शरीरका अंगहरुले उपचारप्रति प्रतिक्रिया दिइरहेका छन् । डा। गालगलीले आफूले १८ वर्षको करिअरमा ४ सयभन्दा धेरै पोस्टमार्टम गरेको तर यस्तो केस कहिल्यै नदेखेको बताए ।

बागलकोट पुलिससँग यसबारे सोध्दा एक पुलिस अधिकारीले नाम नखुलाउने शर्तमा अहिलेसम्म कसैले पनि कुनै उजुरी दर्ता नगराएको बताए । पुलिस अधिकारीका अनुसार मेडिकल लापरवाहीको विरुद्ध मुद्दा चलाउने कि नचलाउने भन्ने निर्णय गर्ने कुरा जिल्ला स्वास्थ्य विभागको कार्यक्षेत्रभित्र पर्छ । निजी अस्पतालविरुद्ध मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय विभागले गर्नुपर्छ । निजी अस्पतालसँग यो घटनाबारे सोध्दा अस्पतालले जवाफ दिन अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता