बरफमै देखियो यस्तो सर्प हेर्न मानिसको भिड
एजेन्सी । धेरैजसो मानिसहरुका लागि स्नोम्यान बनाउन नै मुश्किल हुन्छ तर अमेरिकाको कोलोराडो प्रदेशमा एक परिवारले बरफको एउटा ठूलो सर्प बनाएका छन् जसबाट धेरै मानिसहरुको नजर हटिरहेको छैन ।
मन मूजली र उनका पाँच भाइ बहिनीले १० घण्टा लगाएर यो विशालकाय बरफको सर्प बनाएका छन् ।
यसअघि सन् २०१९ मा पनि यो परिवारको स्नो आर्ट चर्चित भएको थियो । त्यतिबेला यो परिवारले बरफको एउटा शानदार बाघ बनाएका थिए जसलाई स्थानीय मिडियामा असाध्यै देखाइएको थियो ।
उनीहरुले यसपटक जुन सर्प बनाएका छन् त्यसको लम्बाई ७७ फिट ९२३ मिटर० छ र मूजलीले यसलाई आफ्नो आमाको घरको बगैँचा अगाडि बनाएका छन् ।
सोसल मिडियामा एउटा भिडियो सेयर गरिँदै छ जसमा मन मूजलीको समूहले यो सर्प बनाउन कति मिहिनेत गरिएको छ भनेर देखाइएको छ ।
यो समूहले सुरुमा सर्पको आकार बनायो, त्यसपछि त्यसमा स्प्रे पेन्टले रङ भरे र सेडिङ गरे ।
उनीहरुले बीबीसीसँग भने, ‘जब हामी साना थियौं तब हाम्रा पिताले हामीसँग मिलाएर यस्तो बनाउने गर्नुहुन्थ्यो । हामी रमाइलो गर्नका लागि यस्ता चिज बनाउने गर्छौं ।’
वरिपरिबाट हिँड्ने मानिसहरु र छिमेकीहरु बरफको यो ठूलो सर्प देखेर चकित परेका छन् ।
मूजली भन्छन्, ‘उनीहरु तस्बिर खिच्नका लागि रोकिने गर्छन् ।’
उनीहरुको फेसबुक पेजमा थुप्रै मानिसहरुले उनीहरुले बनाएको बरफको सर्प देखेको र उनीहरुले परिवारको उत्कृष्ट कामको तारिफ गरेका छन् ।
एक व्यक्तिले कमेन्ट गरे, ‘तपाईंहरुले अर्को वर्ष के बनाउँदै हुनुहुन्छ भनेर हेर्नका लागि एक वर्षको प्रतीक्षा गर्न गाह्रो भइरहेको छ ।’
सन् २०१९ मा मन मूजलीको परवारले बरफको बाघ बनाएका थिए । यसका लागि उनीहरुले निकै प्रशंसा बटुलेका थिए र यो तस्बिर स्थानीय मिडियामा अत्यधिक छाएको थियो ।