Logo

अनौठो परम्परा स् श्रीमतीलाई बोकेर दौडिनु पर्ने  !



काठमाडौँ । ब्रिटेनको ३०० वर्ष पुरानो रेस डर्किङ्मा केहीदिन अघि सकिएको छ । उक्त दौड प्रतियोगितामा एक्लै नभएर आफ्नी श्रीमतीलाई पिठ्युमा बोकेर दौडिनु पर्दछ ।

४०० मिटरको यो दौडमा १५० श्रीमानहरु आफ्ना श्रीमतीलाई पिठ्युँमा बोकेर दौडिएका थिए । दौडमा भाग लिनको लागि आफ्नी श्रीमतीको तौल थोरैमा ५० किलोग्राम हुनु पर्दछ ।

रेस जित्नका लागि महिलाहरु तीन महिना अगाडिबाटै आफ्नो तौल घटाउन थाल्दछन् । उक्त प्रतियोगितामा विजेतालाई २२ हजार रुपैयाँको पुरस्कार र एक ट्रफी दिने गरिन्छ ।

यो प्रतियोगिता केही समय बन्द भएको थियो तर आजभन्दा १३ वर्ष अगाडि फेरि प्रतियोगिता शुरु गरिएको थियो । एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता