Logo

यो कस्तो अचम्म : एउटी प्रेमिकाको औठी चोरेर अर्कीलाई प्रेम प्रस्ताव ?



एजेन्सी । एक युवकले एउटा प्रेमिकाको गहना चोरेर अर्की युवतीलाई प्रेम प्रस्ताव राखेको खुलेको छ । ति पुरुषले सामाजिक सञ्जाल फेसवुक मार्फत दुई युवतीसंग प्रेमको नाटक गरेको खुलेको हो । यो घटना अमेरिकामा भएको हो । जब एक युवतीले आफ्नो प्रेमीले अर्कैसंग एंगेजमेन्ट गरेको तस्बिर देखिन् उनी झसंग भइन् । त्यती मात्र होइन ति युवतीले लगाएका गहनामा पनि उनलाई शंका लाग्यो । उनले गहना राखेको आफ्नो वाकस हेर्दा त्यहाँवाट सबै गायब थिए ।

त्यस मध्य एउटा निकै महंगो हिराको औंठी पनि थियो । जुन औंठी उनलाई हजुरआमाले दिएकी थिइन् । अहिले ति युवक दुबै जना गर्लफ्रेन्डबाट चोरीको अभियोग खेपिरहेका छन्। र, प्रहरीबाट भागिरहेका छन्।

अमेरिकाको फ्लोरिडाका जोसेफ डेभिस नामका ती पुरुषले सामाजिक सञ्जालमार्फत दुई युवतीसँग फरकफरक नाममा प्रेस सम्बन्ध अघि बढाएको अनुसन्धानवाट देखिएको छ । ४८ वर्षे ती पुरुषले डेटिङ एप ओकेक्युपिड मा दुई फरक फरक आइडी बनाएको भेटिएको छ। एक जोय ब्राउन र अर्को मर्कुस् ब्राउन।

सन् १०१५ र सन् २०१६ मा उनले यी आइडी बनाएको फ्लोरिडास्थित भोलुसिया काउन्टी सेरिफ अफिसले जनाएको छ। अरेन्ज सिटीकी युवतीले फेसवुकमा आफ्ना प्रेमीको अर्कैसंग एंगेजमेन्ट भएको देखेपछि यस्तो रहस्य खुलेको हो । ६ हजार ३०० अमेरिकी डलर मुल्य रहेको एउटा हिराको औंठी र अन्य गहना चोरी भएको उनले गहनाको वाकस हेर्दा थाहा पाइन् ।

ती पुरुषबाट ठगीएका दुबै युवतीबीच दोहोरो कुराकानी भइसकेको बताइएको छ। अर्की युवती ओर्लान्डको भएको र ती युवतीले पनि आफू डेभिसबाट ठगिएको बताएकी छिन्। उनको घरबाट ल्यापटप र केही गहना हराएको बताएपछि दुवै जनाले युवक विरुद्ध उजुरी दिएका छन् ।

त्यसो त उनलाई एक केटीको घरलाई डेभिसले आफ्नै घर भएको बताउँदै एपार्टमेन्ट सार्नसमेत आग्रह गरे । अपार्टमेन्ट सार्ने क्रममा डेभिस हराएका थिए । दुबै युवतीले ती पुरुषको वास्तविक पहिचान खुलाएर कारवाहीको लागि प्रहरी समक्ष उजुरी दिइसकेका छन्। सांकेतिक तस्बिर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता