Logo

दाङमा २० वर्ष देखि पालेको भालेको मृत्यु पछि सुवेदीले कपाल खौरिए, नुन छोडेर अन्तिम संस्कार गरे



काठमाडौ । लामो समय आफुले पालेको कुखुराको भाले म रे पछि दाङमा एक व्यक्तिले भालेको हिन्दु परम्परा अनुसार दा ह संस्कार गरेर काजकिरिया गरेका छन्। उक्त भालेलाई १९ वर्ष १० महिना पालेका तुलसीपुर उपमहानगरपालिका– १५ पहरुवा निवासी शिव सुवेदीले भालेको धार्मिक विधिपूर्वक अन्तिम संस्कार गरेका हुन् ।

‘मैले १९ वर्ष १० महिनासम्म पालेको भाले साउन १६ गते म र्‍यो,’ सुवेदीले भने, ‘त्यो खबर थाहा पाएर गाउँलेहरू जम्मा हुनुभयो, २५ जना मलामी भएर टौवा खोलामा भालेको अन्तिम संस्कार गर्‍यौं।’

‘भाले २० वर्ष बाँच्यो, त्यो भालेलाई हामीले परिवारका सदस्यजस्तै मानेर पाल्यौँ,’ उनले थपे, ‘त्यसैले गाउँका सबैको सल्लाहअनुसार नै दा ह संस्कार गर्‍यौँ।’

कतिपयले आज पनि फोन गरी मानो मिसाउने कार्यक्रम छ कि छैन भनेर सोध्नु हुन्छ। मैले छैन भन्दै आएको छु।’उनले भने । हिन्दु धर्म परम्परामा परिवारका कुनै सदस्यको निधन हुँदा आफन्त र छिमेकीले मानो मिसाउन ल्याउने चलन हुन्छ । अन्न, फलफूल लगायतका बस्तु १३ दिनको संस्कार गर्दा ल्याएर मिसाउने प्रचलन छ ।

सुवेदीले भने, ‘कपाल नै खौरिएको छु, नुन छोडेँ, सेतो कपडा लगाएँ।’ भाले म रेपछि घरपरिवार मात्रै नभई गाउँ समाज पनि धेरै भावुक बनेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता