Logo

दुर्योधन यो श्रापका कारण मारिए



दुर्योधन घमण्डी, अहंकार र लालचको कारण मानिसहरुलाई युद्धको आगोमा हालिदिएकोले दुर्योधनलाई महाभारतमा खलनायक भनिएको हो । महाभारतको कथामा यस्तो प्रसंग पनि आएको थियो, दुर्योधन काम–पीडित भएर कुमारी कन्याको अपहरण गरेका थिए ।

द्युतक्रिडामा पान्डवहरु हार्दा दुर्योधनले भारी सभामा द्रौपदीको अपमान गरेका थिए, तब गान्धारीले यसको बिरोध गरेकी थिइन् तर दुर्योधन मानेका थिएनन् । उनको आचरण धर्म विरुद्ध थियो । दुर्योधनलाई अब महाभारत युद्ध हुन्छ भन्ने तब युद्धको अन्तिम समयमा आफ्नो माता पिताको अगाडी नग्न भएर उभिन पनि तयार भएका थिए ।

महाभारतमा दुर्योधनको अनाचार र अत्याचारले भरिएको थियो । पान्डवलाई बिना अपराध जलाएर मार्ने योजनालाई मन्जुरी दिएका थिए । यस्ता घटनाले दुर्योधनको अहंकार बढ्दै गएको थियो ।

श्रापको किस्सा

एक पटक महर्षि मैत्रय हस्तिनापुर पुगे । विश्रामपछि धृतराष्ट्रले सोधे–भगवान वनमा पाँच पान्डव कुशलपुर्वक छन् ? महर्षिले भने, उनीहरु कुशल छन्, मैले सुने अनुसार तिम्रो छोराले धोकाले जुवामा हराएर वन पठाएका थिए रे हो ?

यसो भन्दै पछाडी बसेका दुर्योधनलाई सोधे, ‘तिमीलाई थाहा छ पान्डव कति वीर शक्तिशाली छन् ?’ महर्षिको कुरा सुनेर दुर्योधनले क्रोधमा आफ्नो जांघमा हात राखे । दुर्योधनले गरेको उदण्डता देखेर महर्षिलाई रिस उठ्यो र भने, ‘तिमी मलाई तिरस्कार गर्दैछौ, मेरो कुरा शान्तिपुर्वक सुन्न सक्दैनौ, जुन जांघमा ताल ठोकेका छौ, त्यहि जांघमा भीमले आफ्नो गदाले तोडदिनेछ । ’ यहि श्रापले दुर्योधनलाई डुबाएको थियो । दुर्योधनको अन्त्यमा भीमको आफ्नो गदाले जांघमा लागेर मृत्यु भएको थियो । धार्मिक ग्रन्थको आधारमा

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता