Logo

रौतहटमा अ चम्म !  कसरी अ चानक भासियो शिव प्रतिमा जमिनमुनिरु ​स्थानीय ड राए



​रौतहटमा अ च म्म भएको छ । त्यहाँ भगवान शिवको प्रतिमूर्ति जमिनमुनि भासिएको छ । त्यो थाहा पाएर स्थानीय  डराएका छन् । त्यहाँको गढीमाई नगरपालिका २ समनपुरस्थित प्राचीन शिव मन्दिरको शिव प्रतिमा जमिनमा भासिएपछि स्थानीयमा डर फैलिएको छ । दिउँसो पूजा गर्दागर्दैको अवस्थामा शिव प्रतिमा सतहभन्दा करिब डेढ फिट तल जमिनमा भासिएपछि स्थानीयवासीमा डर देखिएको हो ।

गढीमाई नगरपालिका १ समनपुरका ३६ वर्षीय पप्पु भन्ने अनिशकुमार मेहताले आइतबार दिउँसो साढे दुई बजेतिर पूजा गरिरहेको अवस्थामा नै शिव प्रतिमा भासिएको हो । भाकलअनुसार पूजा सकिएपछि शिव प्रतिमामा घीउ दल्न था ल्दा भासिएपछि आफू एक छिन डराएको र डराएर मन्दिरबाट बाहिर आई पूजा गराउने पण्डिजी, माली तथा हजामलाई सुनाउँदा तत्काल नपत्याएको बताउँदै सबैले देखेपछि विस्मित भएको मेहताको भनाइ छ ।

करिब एक महिना पहिले गत जेठमा आफूले सपनामा शिवजीले यहाँ नबस्ने भनि बताएको मन्दिरका पुजारी शंकर गिरीले बताएका छन् । सपनामा भगवान शिवले आफूलाई “अब हम जारहल छी, इहाँ नरहम” भनेर बताएको भन्दै पुजारी गिरीले सपनामा आफूले शिवजीलाई “पुरान गाँओ समाज छोडके नजाएलजाओ” भनेर अनुरोध गरेको पनि बताएका छन् ।

यस्तो खबर सुनेर मन्दिरको नजिकै घर रहेको एक महिलाले मोबाइलमा फोटो खिच्दा बेग्लै आकृति देखिएपछि गाउँमा त्रास फैलिएको हो । त्यसको फोटो खिच्दा भि त्तामा बन्द गरिएको अवस्थाका दुई आँखाको आकृति आएको देखिएको छ ।

अतिप्राचीन मन्दिर भएकोले घटनाको विषयमा पुरातत्व विभागलाई पनि जानकारी गराउन खोजिरहेको गढीमाई नगरपालिका २ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठको भनाइ छ । साथै धार्मिक क्षेत्र मुख्य गरी शिवको मन्दिर भएको र यस घटनाको विषयमा जानकारी राख्ने धार्मिक–आध्यात्मिक व्यक्तिहरुसँग सम्पर्क गरिरहेको वडाध्यक्ष श्रेष्ठको भनाइ रहेको समाचार नागरीक दैनिकमा मदन ठाकुरले लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता