Logo

बुधबार गणेशलाई लड्डु र सिन्दुर चढाए शुभफल मिल्ने, गाईलाई हरियो घाँस दिने चलन



किनकी कुनैपनि कार्य गर्दा बार अनुसार गरे मानिसको जीवनमा फरक पर्नेगर्छ । बार अनुसार कार्य गर्दा मान्छेको जीवनमा आईपर्ने समस्याहरु हटेर जाने र जीवन सुखमय हुने बताइन्छ ।

त्यसैले बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। शास्त्र अनुसार यस दिन गरिने केही कर्मले जिन्दगीभरी शुभफल दिन्छ।

– हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवीदेवताको कृपा हुने गर्छ।

– बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।

– जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

– बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरुमा पाईन्छ ।

– बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ। मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता