Logo

शान्तिको कामना गर्दै पशुपतिमा देशोद्धार पूजा



काठमाडौं । देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा शुरु गरिएको देशोद्धार पूजा एवं जात्रा आजदेखि सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिने भएको छ ।

प्रत्येक वर्ष चैत्र कृष्ण अष्टमीदेखि १० दिनसम्म यो जात्रा गरिन्छ । पशुपति क्षेत्रमा बज्रेश्वरी, वत्सलेश्वरी र आकाश भैरवको रथयात्रा गरी हुने यो जात्रापछि नै उपत्यकामा अरू जात्रा गर्ने परम्परा छ । जात्राको पहिलो दिन आज पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरी उपत्यकाका प्रमुख देवी देवतालाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा गरिन्छ ।

आज बेलुकी ५ बजे पशुपतिनाथ मन्दिरमा भट्ट रामकान्त भट्टले पूजाआराधना गरेपछि उहाँकै नेतृत्वमा उपत्यकाको भित्री भागका देवी देवतालाई निमन्त्रणा गरिने पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले राससलाई जानकारी दिए । निमन्त्रणादेखि जात्राका सबै कार्यक्रम भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता