Logo

मंगलवारको दिन गणेशको पुजा यसरी गर्नुस्, चिताएको कुरा अवश्य पुग्नेछ



काठमाडौं । मंगलबारको दिनलाई भगवान गणेशको दिन मानिने गरिन्छ । मँगलबारकै दिन भगवान गणेशको पुजा गर्नाले सोचेको काम पुरा हुने बिश्वास पनि गरिन्छ । मँगलबारकै दिन काली माता, दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ ।

तर अन्य भगवानको पुजा गर्नु अघि भगवान गणेशलाई नै सम्झिने गरिन्छ । यस दिन ब्रत बस्दा पनि बिहान खाना नखाने र बेलुका पनि खानामा नुन मिसाउनु हुदैन । मंगलबारको दिनलाई गणेश भगवानको दिन भनिन्छ । मंगलबार गणेशको पुजा गरेमा कार्यसिद्दी हुन्छ भन्ने आम हिन्दुजनहरुको विश्वास रहेको छ । हिन्दु धर्ममा गणेशको पुजा नगरी अरु भगवानको पुजा गरिदैन ।

हिन्दु धर्म अनुसार गणेश भगवानको महिमा ठूलो छ । भगवान शिव र पार्वतीका पुत्र गणेशको पुजा आराधना विधिसम्मत गर्ने हो भने तँपाई हाम्रो जिवन पनि सुखी र खुसी हुन्छ । हरेक भगवानको पुजा आजा गर्दा गणेश भगवानको पुजा शुरुमा गर्नुपर्दछ । उनलाई भगवान शिवले यस्तो आशिर्वाद दिएका छन् । त्यसैले त कुनै कामको आरम्भ गर्दा जय गणेशाय नम वाट सुरु हुन्छ । भनिन्छ नि कुनै कार्यको शुरुवात गर्नुलाई नै श्रीगणेश गर्ने भन्नेबाट पनि यो कुरा पुष्टी हुन जान्छ ।

प्रायः जसो तिलको लड्डु चढाएर साथै फुल,जल र अक्षतासहित गणेश भगवानको पुजा गरिन्छ । गणेश भगवानलाई खुसी पारी आफ्नो कार्य सिद्दी गर्नको निमित्त गणेश भगवानको पुजाको लागि पूर्ण तयारी गर्नुका साथै तोकिएको विधी अवलम्वन गर्नुपर्दछ ।

१ गणेश भगवानको फोटो वा मूर्ती तयार पार्नुहोस

२ गणेश मन्दीर मै जानुहून्छ भने तिलको लड्डु तयार गर्नुहोस

३ स्नान गरी चोखो, सफा सुग्घर बन्नुहोस

४ पुजाको लागि आवश्यक सफा जल, जौ, तिल फुल र अक्षता एकै ठाउँमा संग्रह गर्नुहोस

पुजा गर्ने विधि स् १ सुरुमा मूर्ती अथवा फोटोको अगाडि पवित्र मनले दियो जलाई दिनुहोस

२ दियो जलाई सकेपछी भगवानलाई मनपर्ने तिलको गुलियो लड्डु चढाई दिनुहोस

३ महिला भक्तजन भएमा आफ्नो सारी अर्थात सलले पुजा समयमा आफ्नो शिर छोप्नुहोला

४ अब अगरबत्ती जलाई त्यसलाई हातमा लिएर गणेश भगवानलाई विभिन्न सुगन्ध सहित पुजा आराधना गर्नुहोस

५ फूल अक्षता साथै पातिहरु अगरबत्ती बालेर आराधना गरीसकेपछी चढाईदिएर पुजा गर्नुहोस

६ गणेश मन्त्र उच्चारण माथि पहिलो चरणबाटै गर्नुपर्नेछ, अब मन्त्र उच्चारण गर्दै गणेश भक्ती गाईरहनुहोस

७ तपाँईको मनमा गणेश भगवान भएको कल्पना गर्नुहोस,आखाँ बन्द गरेर गणेश भगवान आफुसंगै भएको महसुस गर्नुहोस

८ गणेश भगवानसँग बोल्नुहोस, केहि इच्छीत कुरा भए माग्नुहोस,र तपाँई उहाँको भक्त भएको भान गराउनुहोस

९ भगवानको शिरमा टिका लगाईदिई आफुपनि लगाउनुहोस र अरुलाईपनि लगाईदिनुहोस

१० सम्पूर्ण भक्तजन साथै स्वयम् आफैले प्रसाद लिनुहोस, खुवाउनुहोस

माथि उल्लेखीत विधि अपनाएर गणेशको पुजा गर्दा पक्कै कार्यसिद्दी हुनुका साथै तँपाईले जिवनमा सोचेका सबै कुरा पुरा हुनमा सहयोग पुग्नेछ तपाँई हामी पनि आज मंगलबार कार्यसिद्दी विनायक गणेश भगवानको पुजा आराधना गरौ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता