Logo

विद्या र सिर्जनाकी देवी सरस्वती माताको धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थानमा निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ (भिडियो हेर्नुुस्))



काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।

सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । यसै गरि धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थान अस्पतामा विद्या र सिर्जनाकी देवी सरस्वतीका माता पूजा–आराधना गरी मनाइएको छ ।

आयुर्विज्ञान अध्ययन संस्थान प्रवधक तथा समाजसेवि दल बहादुर जिसिले पनि आफ्नौ आयुर्विज्ञान विद्यालयमा धुम धामका साथ सरस्वतीमाताको पूजा–आराधना गर्नुु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता