Logo

के तपाईको हातमा पैसा टिक्दैन ? ४ उपाय अपनाउनुहोस् लक्ष्मीले सधै साथ दिनेछिन



धन सम्पतीको जोहो गर्न र यसको बचत गर्न अनेकौं प्रयासका बावजुद सफल भइरहनु भएको छैन ? वा तपाईको हातमा पैसा टिक्दैन रु यी अनेकौ समस्या भोगिरहनु भएको छ भने तपाईलाई लक्ष्मीको कृपा भएको छैन भन्ने बुझ्न सकिन्छ ।

लक्ष्मी प्रसन्न भए वा दाहिना भएमा मानिसलाई कहिल्यै धनसम्पति, रुपैयाँ पैसाको अभाव हुँदैन । यस्तोमा देवि लक्ष्मीलाई प्रसन्न पार्ने केही उपायहरु जानकारी दिँदैछौ, जसले तपाईलाई सहज रुपमा लक्ष्मीको कृपा बर्षन सुरु हुन्छ ।

१। महिलाको आदर
बिभिन्न शास्त्र र मान्यता अनुसार जुन घरमा महिलाको आदर हुँदैन, उक्त घरमा लक्ष्मकिो कृपा हुँदैन । देवी लक्ष्मी ति घरमा मात्र प्रवेश गर्नुहुन्छ, जहाँ महिलाको सम्मान र आदर हुन्छ । तसर्थ घरमा भएका महिला आफन्तहरुलाई हमेशा आदर गर्नुहोस् । उनीहरु रिसाएका छन् भने तत्काल मनाउने वा प्रसन्न पार्ने प्रयाश गर्नुहोस् । अक्सर पति पत्नीबीच हुने मनमुटावका कारण पनि लक्ष्मीको कृपा हुँदैन ।

२। शुक्रवार ब्रत
शुक्रवारलाई भगवान् लक्ष्मीको दिनका रुपमा मानिन्छ । यस दिन लक्ष्मीको पूजाअर्चना वा उपासना गरे लक्ष्मी प्रसन्न हुने र मनोवाञ्छित फल दिने धार्मिक विश्वास छ । शुक्रवारका दिन बिहान सबेरै उठेर नुहाईधुवाई गरी पवित्र मनले माता लक्ष्मीको पूजा गरी श्रद्धापूर्वक प्रसाद वा भोग चढाएमा लक्ष्मीको कृपा बर्षन शुरु हुन्छ ।

३। वास्तु दोष
यदि घरमा कुनै वास्तुदोष छ भने पनि उक्त घरमा लक्ष्मीको कृपा हुँदैन । यस्तोमा वास्तुदोष भएका घरमा आएको धन पनि नासिएर वा खर्च भएर जाने हुन्छ । वास्तुशास्त्रमा घरको दिशा कस्तो हुनुपर्छ भनि मार्गदर्शन गरीएको छ । जसमा घरका कोठा, भान्सा, शौचालय लगायतका कोठा कुन दिशामा हुनुपर्छ जनाइएको हुन्छ । तसर्थ वास्तु नियम पालन गरी घर निर्माण गरेमा वा निर्माण सम्पन्न भएको घरमा पनि वास्तुको पालना गरेमा लक्ष्मी प्रसन्न भई सुख, संपन्नता र ऐश्वर्य प्राप्ती हुन्छ ।

४। कुंडलीमा शुक्र
जो ब्यक्तिको कुण्डलीमा शुक्र ग्रहको स्थिति मजबूत घरमा हुन्छ उनै ब्यक्ति प्रति माता लक्ष्मीको कृपा हुने गर्दछ । ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई सुखरसमृद्धिका रुपमा मानिन्छ । शुक्र ग्रह कमजोर हुने ब्यक्तिलाई घरमा आर्थिक समस्या परीरहने हुन्छ । यदि यस्तो भएमा मयुरको प्वाखँ घरमा राखेमा शुक्र मजबूत हुन जान्छ र लक्ष्मीको कृपा बर्षन थाल्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता