घरमा नकारात्मक शक्तिको प्रभाव वा वास्तुदोष हटाउन शिव पूजा गर्नुहोस्
हिन्दु धर्म अनुसार भगवान शिव मात्र एक यस्ता देवता हुन् जसको श्रद्धापूर्वक भक्ति गरेमा चाडैँ प्रसन्न हुने गर्दछन् । साथै शिवको आराधनाले मात्र पनि वास्तुदोष निवारण हुन्छ । तसर्थ घरमा कुनै वास्तु दोष भएमा भगवान शिवको आराधना मार्फत यसबाट मुक्ति पाउन सकिन्छ ।
१। घरमा वास्तुदोष भए सुख, शान्ती पाउन शिवलिंगको अभिषेक गरी जलहरीमा रहेको जललाई घरका सबै भागमा ॐ नमः शिवाय करालं महाकाल कालं कृपालं ॐ नमः शिवाय मन्त्र जप्दै छर्किएमा सबै प्रकारका नकारात्मक शक्ति हराएर जानेछ ।
२। कार्यमा लगातार विघ्न, बाधा, आपसी कलह, रोग आदि समस्या भगाउन घरको उत्तर पूर्व ९ईशान० वा ब्रह्म स्थानमा रुद्राभिषेक गरे शुभ फल प्राप्त हुन्छ ।
३। घरपरिवारमा भगवान शिवको कृपा बनीरहोस् भन्न घरको पूर्व वा उत्तर पश्चिम ९वायव्य० दिशामा बेलको बिरुवा रोपी त्यसमा नियमित बिहान पानी अर्पण गरी साझँमा घ्युमा दियो बाल्नु पर्दछ ।
४। उत्तर पूर्व दिशा भगवानको दिशा मानिन्छ त्यसैले सकारात्मक ऊर्जा प्रवाह एवं शुद्ध विचारमा वृद्धिका लागि उक्त दिशामा भगवान शिवको परिवारको तस्वीर राखेमा शुभ फल प्राप्त हुन्छ ।
५। वास्तुदोषबाट उत्पन्न अकारण भय, समस्उया आदिको निवारणका निम्ति श्री रुद्राष्टकमको पाठ गरेमा सकारात्मक परिणाम प्राप्त हुन्छ ।
६। जुन तस्वीरमा भगवान शिव, माता पार्वती र गणेश कार्तिकका साथ हुन्छन् यस्ता तस्विर घरमा राखेमा अत्यधिक शुभ फलदायी मानिन्छ । यसले घरमा द्वन्द्व बढ्न दिदैन ।
७। भगवान शिवको क्रोधयुक्त तस्वीर कहिल्यै घरमा नराख्नुहोस् । यस्तो तस्वीर विनाशको प्रतिक मानिन्छ ।
८। घरमा आउने जाने सबै मानिसले दर्शन मिल्ने गरी उत्तर दिशामा भगवान शिवको तस्वीर राखेमा आपसी सम्बन्धमा सुधार आउँछ ।
९। घरमा शिवको यस्तो तस्वीर वा मूर्ति मात्र राख्नुहोस् जहा शिवमी खुशी देखिउन् वा नन्दीमा विराजित हुन् वा ध्यान मुद्रामा रहेका हुन् । शिवका यस्ता तस्वीरले घरको वातावरण शान्त रहन्छ । बच्चाहरु समेत एकाग्र रहन्छन् ।
१०। शिवको तस्वीर राखेको स्थान सफा हुनु पर्दछ । शिवको प्रतिमा आसपास फोहोर हुनु हुदैन । अन्याथा घरमा वास्तुदोष बढ्न सम्भावना रहन्छ । जसले हानी पुर्याउँछ ।
११। राम्रो वैवाहिक जीवनलाई घरमा शिवको सपरिवारको तस्वीर राख्नुहोस् ।
१२। भगवान शिवको उभिएको मुद्राको तस्वीर कहिल्यै घर वा अफिसमा राख्नु हुदैन ।