Logo

एउटा यस्तो मन्दिर जुन आफैँ खुल्छ र आफैँ बन्द हुन्छ !



एजेन्सी । संसारमा धेरै चिजहरु अझै रहस्यकै गर्भमा छन् । आज हामी तपाईलाई एक अनौठो रहस्यका बारेमा जानकारी दिनेछौँ ।

भारतको वृन्दावनस्थित भगवान श्रीकृष्ण मन्दिरको बारेमा तपाइँलाई थाहा नहुन सक्छ । यो मन्दिर कुनै चमत्कारी भन्दा कम छैन । यो अनौठो मन्दिर निधिवनमा रहेको छ । यो मन्दिर आफैँ बन्द हुन्छ र आफैँ खुल्छ ।

मन्दिरमा बिहान प्रत्येक दिन पूजा तथा आरधना गरिन्छ । पुजारीका अनुसार मन्दिरमा हरेक बिहान भगवान श्रीकृष्ण शयन गर्न आउँछन् । त्यहाँ बिस्तारा पनि लगाइएको हुन्छ ।

बिस्तरामा गद्दा र तन्नाहरु बिच्छ्याईएको हुन्छ । बिहान जब मन्दिर खुल्छ तब त्यहाँ कोही सुत्न आएको भान हुन्छ । साथै मन्दिरमा हरेक दिन मक्खन र मिश्रीको प्रसाद बाँडिन्छ ।

त्यहाँ मान्यताका अनुसार तानसेनका गुरु सन्त हरिदासले आफ्नो भजनद्वारा राधा र श्रीकृष्णलाई साक्षात प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता