Logo

यी बार गर्नुहोस् नयाँ कामको सुरुवातः कमाउनु हुनेछ सोचेभन्दा बढी धन



काठमाडौँ । व्यक्तिको जीवनमा जन्म बार र राशी ठूलो प्रभाव पारेको हुन्छ । हरेक व्यक्तिको जन्म बार हेरेर नै व्यक्तिको कुण्डली निर्माण गर्ने गरिन्छ । जन्मेको बार र राशीले नै ब्यक्तिको भविष्य बारे बताउने गर्छन् ।

ज्योतिष शास्त्र अनुसार जो कसैले व्यापार व्यवसाय र नोकरी गर्नको लागि पनि आफु जन्मेको बारमा कुन दिन गर्दा राम्रो हुन्छ भन्ने जनविश्वास रहेको छ । त्यसकारण आज हामी तपाईलाई सात बार मध्ये कुन दिन के कामको सुरु गर्दा राम्रो हुन्छ भन्ने बारे जानकारी दिन गइरहेका छौँ ।

१ आईतबारः आइतबारको दिन गीत ,बाद्य वादन, राजसेवा, गाइगोरु, कि न बे च गर्ने, हवन गर्ने मन्त्र उपदेश लिने, औषधी निर्माण गर्ने, शास्त्र , सुन, तामा, उनी, बस्त्र जस्ता सामाग्रीको किनबेच गर्ने, रातो वस्तुको कारोबार गर्ने जस्ता कार्य गर्नु धेरै शुभ रहनेछ ।

२ सोमबारः सोमबारको दिनलाई भगवान शिवको प्रिय दिनको रुपमा लिने गरिन्छ । सोमबारको दिन गाई, भैसी, घोडा, फुल, घाँस, वृक्ष्य, मोती, चाँदी, आदिको किनबेच गर्नु महिलाहरुको संगत गर्नु निकै राम्रो मानिन्छ ।

३ मंगलबारः मंगलबारको दिन भगवान गणेशको पूजा आरधना गर्ने दिन । यो दिन गणेश भगवानका पूजाआज गरे जस्तो सुकै कामको सुरुवात गरेपनि सफलता प्राप्त गर्न सकिन्छ ।

४ बुधबारः यो दिनलाई पुण्य आर्जन गर्ने दिनको रुपमा लिइन्छ । बुधबारको दिन वस्तु कला, चित्रकला र अध्ययनमा सोचेभन्दा धेरै सफलता मिल्नेछ ।

५ बिहिबारः यो दिन धार्मीक कार्य गर्नु राम्रो मानिन्छ । यो दिन मन्दिर निर्माण, मन्त्र जप, नवग्रह पुजा गर्दा तपाईको कार्य निर्धारित समयमा नै सम्पन्न हुन्छ ।

६ शुक्रबारः यस दिन गायण, मणी, रत्न, हिरा, सुगन्ध, बस्त्र, उत्साह, अलंकार, बाणिज्य, व्यापार, गाई वस्तु मिनबेच गर्नु, द्रव्य भण्डारण गर्नु धन सञ्चय गर्नु, कृषि कार्य सुरुवात गर्नु शुभ मानिन्छ ।

७ शनिबारः शनिबार कुनै पनि नयाँ कार्य सुरु गर्दा शनि देवको ठूलो प्रभाव पर्ने धार्मिक शास्त्रमा उल्लेख गरएको छ । झु टो बोल्नु , ठगि गर्नु , क प ट गर्नु , गृह प्रवेश, स्थिर कार्य , नोकरी गर्नु , कलकारखानाको उद्घाटन, फ ला म आदिको कार्य गर्नु निकै शुभ मानिन्छ । एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता