Logo

भगवान शिवको नियमित पूजाले मात्रै पनि घरको बास्तु दोष हटाउँछ, यसरी गर्नुहोस् पूजा



भगवान शिवलाई चाँडै प्रसन्न हुने देवता भनेर पनि चिनिन्छ । उनको नियमित स्तुतिले धेरै लाभ मिन्दछ जसमध्ये बास्तु दोषबाट मुक्ति पनि एक हो । घरमा बास्तु दोष पाइएमा भगवान शीवको नियमित आरधना गर्न बास्तु शास्त्रीहरुको सुझाव रहन्छ ।

बास्तु शास्त्रीहरुले शिवको नियमित पूूजा गर्ने तरिका पनि सुझाएका छन्, जुन यसप्रकार रहेका छन्

१ घरमा वास्तुदोष भए सुख, शान्ती पाउन शिव लिं गको अभिषेक गरी जलहरीमा रहेको जललाई घरका सबै भागमा ॐ नमः शिवाय करालं महाकाल कालं कृपालं ॐ नमः शिवाय मन्त्र जप्दै छर्किएमा सबै प्रकारका नकारात्मक शक्ति हराएर जानेछ ।

२ कार्यमा लगातार विघ्न, बाधा, आपसी कलह, रोग आदि समस्या भगाउन घरको उत्तर पूर्व ईशान वा ब्रह्म स्थानमा रुद्राभिषेक गरे शुभ फल प्राप्त हुन्छ ।

३ घरपरिवारमा भगवान शिवको कृपा बनीरहोस् भन्न घरको पूर्व वा उत्तर पश्चिम वायव्य दिशामा बेलको बिरुवा रोपी त्यसमा नियमित बिहान पानी अर्पण गरी साझँमा घ्युमा दियो बाल्नु पर्दछ ।

४ उत्तर पूर्व दिशा भगवानको दिशा मानिन्छ त्यसैले सकारात्मक ऊर्जा प्रवाह एवं शुद्ध विचारमा वृद्धिका लागि उक्त दिशामा भगवान शिवको परिवारको तस्वीर राखेमा शुभ फल प्राप्त हुन्छ ।

५ वास्तुदोषबाट उत्पन्न अकारण भय, समस्या आदिको निवारणका निम्ति श्री रुद्राष्टकमको पाठ गरेमा सकारात्मक परिणाम प्राप्त हुन्छ ।

६ जुन तस्वीरमा भगवान शिव, माता पार्वती र गणेश कार्तिकका साथ हुन्छन् यस्ता तस्विर घरमा राखेमा अत्यधिक शुभ फलदायी मानिन्छ । यसले घरमा द्व न्द्व बढ्न दिदैन ।

७ भगवान शिवको क्रो ध युक्त तस्वीर कहिल्यै घरमा नराख्नुहोस् । यस्तो तस्वीर वि ना शको प्रतिक मानिन्छ ।

८ घरमा आउने जाने सबै मानिसले दर्शन मिल्ने गरी उत्तर दिशामा भगवान शिवको तस्वीर राखेमा आपसी सम्बन्धमा सुधार आउँछ ।

९ घरमा शिवको यस्तो तस्वीर वा मूर्ति मात्र राख्नुहोस् जहा शिवमी खुशी देखिउन् वा नन्दीमा विराजित हुन् वा ध्यान मुद्रामा रहेका हुन् । शिवका यस्ता तस्वीरले घरको वातावरण शान्त रहन्छ । बच्चाहरु समेत एकाग्र रहन्छन् ।

१० शिवको तस्वीर राखेको स्थान सफा हुनु पर्दछ । शिवको प्रतिमा आसपास फोहोर हुनु हुदैन । अन्याथा घरमा वास्तुदोष बढ्न सम्भावना रहन्छ । जसले हा नी पुर्याउँछ ।

११। राम्रो वैवाहिक जीवनलाई घरमा शिवको सपरिवारको तस्वीर राख्नुहोस् ।

१२। भगवान शिवको उभिएको मुद्राको तस्वीर कहिल्यै घर वा अफिसमा राख्नु हुदैन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता