Logo

भुलेर पनि गर्नु हुँदैन मंगलबारका दिन यी पाँच काम



काठमाडौं । हिन्दु धर्ममा सबै वारहरुमा कुनै न कुनै भगवानको विशेष आराधना गरिन्छ । हरेक वारको महत्व हुन्छ । आज आज मंगलबार भगवान गणेशको मुख्य दिन हो । मंगलवार हनुमानको पनि आराधना गरिन्छ । मंगलवार भगवान गणेशका दर्शन आराधना गर्नाले सबै कार्य शिद्धि हुने शास्त्रीय मान्यता छ।

बक्रतुण्ड महाकाय सूर्य कोटी समप्रभा ।
निर्विघ्नं कुरू मे देव सर्व – कार्येशु सर्वदा ।।

करोडौं सूर्यको जस्तो तेज भएका भगवान गणेश देवलाई आराधना गर्नाले बिघ्न बाधा र अधुरा काम पूरा हुने विश्वास छ । हिन्दु धर्म शास्त्रमा जुनसुकै भगवानको पुजा गर्दा सबैभन्दा पहिला गणेशको आराधना गरिन्छ । गणेशको आराधना नगरी गरिएको पुजाको फल प्राप्त नहुने धार्मीक मान्यता छ । त्यसैले गणेश भगवान सबैभन्दा सर्वश्रेष्ठ हुन् ।

शास्त्रअनुसार मंगलबारको दिन गर्न केही काम गर्न बर्जित पनि गरिएको हुन्छ । सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ ।

मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।

मंगलबारको दिन गर्न नहुने ५ काम

१– मंगलबारको दिनमा पशु ब लि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।

२– मंगलबार कुखुरा वा अन्य पंक्षीको ह त्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।

३– मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नो क्सानी हुने मानिन्छ ।मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्ष य हुन्छ ।

४– मंगलबारको दिन म दि रा सेवन गर्दा तपाइँको क्रो धमा वृद्धी हुन्छ । यसले अ प रा ध समेत बढाउँछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता