Logo

विद्यार्थी परिषद्काे प्रथम राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन देवघाट धाममा प्रारम्भ



पाैष १ तनहुँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे प्रथम राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन आध्यात्मिक राजधानी देवघाट धाममा आजबाट प्रारम्भ भएको छ ।
परिषद्काे संस्कृत विद्यार्थी सम्मेलन धार्मिक एवम् आध्यात्मिक केन्द्र देवघाटधाम स्थित महेश संस्कृत गुरूकुलमा विविध विधाका मूर्धन्य विद्वान् विशिष्ट व्यक्तित्वहरुको समुपस्थितिमा समुद्घाटन भएको विद्यार्थी परिषद्ले जनाएको छ ।

सनातन संस्कृतिकाे जगमा रहेर राष्ट्रव्यापी रूपमा रहेकाे क्याम्पस विश्वविद्यालयका विद्यार्थीहरू विच काम गर्दै आइरहेको विद्यार्थी परिषद्ले देशकाे विभिन्न क्षेत्र संचालन भएको गुरुकुल र संस्कृत विश्वविद्यालयमा पढदै गरेका विद्यार्थीहरूकाे सहभागीतामा प्रथम राष्ट्रिय संस्कृति विद्यार्थी सम्मेलन गरेकाे हाे । विद्यार्थी परिषद्ले लिएको विचार र कार्यपद्वतिलाई ती विद्यार्थीहरू विच पुर्याउनका लागि परिषद्ले प्रथम राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन पाैष १ गतेदेखि २ गतेसम्म देवघाट धाममा संचालन हुने छ ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी श्री १००८ आत्मानन्द गिरिजी महाराज, विशिष्ट अतिथि महेश सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी मधुसुदनानन्द गिरी, नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारी, समाजसेवी एवं आध्यात्मिक व्यक्तित्व अशोक वैद्यजी, विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेल, विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपाने, सामाजिक प्राज्ञिक व्यक्तित्व एवं विभिन्न गुरूकुल तथा विश्वविद्यालयका क्याम्पसमा अध्ययनरत १०० जना विद्यार्थीहरूको समुपस्थितिमा उद्घाटन गरिएको परिषद्का महासचिव छितराज न्याैपानेले बताए ।
उक्त सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालय शास्री तहमा विश्वविद्यालय प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यार्थीहरूलाई पुरस्कार समेत प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता