Logo

चाणक्य भन्छन् – महान र सर्वश्रेष्ठ बन्न आफ्नो जीवनका यी तीन स्वभाव सुधार्नुस्



आचार्य चाणक्यका अनुसार हरेक व्यक्ति जीवनमा महान र श्रेष्ठ बन्न चाहन्छ । तर चाणक्य नीतिले भन्छ – महान र सर्वश्रेष्ठ बन्न सजिलो छैन । यसका लागि मानिसले आफ्नो जीवनमा केही कुराहरूलाई ध्यान दिनुपर्छ ।

चाणक्यका अनुसार मानिसले यस्तो काम गर्नुपर्छ जसलाई आउनेवाला पुस्ताले अनुसरण गरोस् । उनका अनुसार जो व्यक्ति आफ्नो कर्मबाट मानव कल्याण गर्छ त्यो व्यक्ति महान र श्रेष्ठ बन्न योग्य हुन्छा ।

 

झुठ कुरा गर्ने व्यक्ति कहिल्यै पनि महान बन्न सक्दैन । यस्ता व्यक्तिहरूले गर्ने कामहरूमा निजी स्वार्थ लुकेको हुन्छ ।

चाणक्य शिक्षकसँगै एक सर्वश्रेष्ठ विद्वान पनि थिए । चाणक्यको नीति अहिले पनि धेरैले आफ्नो जीवन सफल बनाउने उद्देश्यका साथ अनुसरण गरिरहेका हुन्छन् ।

 

चाणक्यले जीवनमा सर्वश्रेष्ठ र महान बन्न ३ वटा उपाय सुझाएका छन् ।

पहिलो हो, जीवनमा अनुशासन नभए कहिल्यै सफलता प्राप्त हुँदैन । चाणक्यका अनुसार जसको जीवनमा अनुशासन छैन, त्यो व्यक्ति कहिले सफल हुँदैन ।

सफल हुनुको पहिलो शर्त अनुशासित हुनु हो । अनुशासनको तात्पर्य व्यक्तिको दैनिक दिनाचार्यामा पनि देखिनुपर्छ ।

अनुशासित व्यक्ति प्रत्येक सानो सानो काममा सफल हुन सक्छ । आलस्य त्यागेको हुन्छ ।

महान र श्रेष्ठ मनुष्य बन्न चाणक्यले सुझाएको दोस्रो उपाय हो, जिन्दगीमा कहिल्यै स्वार्थी नबन्नु । उनले आफ्नो लाभ लाई लिएर सधैं गम्भीर हुने व्यक्ति अरूको नजरमा महान र श्रेष्ठ नहुने तर्क गरेका छन् । जसले सबै प्रकारको सुखलाई त्याग्न सक्छ, उ नै महान र श्रेष्ठ बन्न सक्छ ।

चाणक्यले सुझाएको तेस्रो उपाय हो लोभ र लालच त्याग्नु । जो व्यक्ति लोभी छ, लालची छ उ अरूको नजरमा कहिल्यै महान र सर्वश्रेष्ठ हुन नसक्ने चाणक्य नीतिमा उल्लेख छ । लोभी र लालची व्यक्तिहरू एउटा भ्रममा हुन्छन् जसले गर्दा उनीहरूले सत्य र असत्यबीच फरक छुट्याउन सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता