Logo

आज कुशे औंशी र बुवाको मुख हेर्ने दिन !  के छ यो दिनको महत्व ?



भदौ महिनामा पर्ने औँसीलाई कुशे औँसी भनिन्छ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुयाइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिएका छन्।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । औँसी तिथिको दिन व्रत राख्नाले र पूजा गर्नाले पितृ खुशी हुन्छन् भन्ने धार्मिक मान्यता छ । पितृ दो षबाट मुक्ति पाउनका लागि पितृको आ त्मा तृप्ति हुनु आवश्यक छ ।

यो दिन आफ्ना जीवित रहेका बुवाको मान सम्मान गर्दै मिठो खुवाएर खुशी पार्ने चलन छ भने बितिसकेका पीतृलाई सम्झने चलन छ । यसो गर्दा आफ्ना पितृ खुशी हुन्छन् र व्यक्तिको परिवारमा सुख–शान्ति हुन्छ, जीवनमा विकास र समद्धि हुन्छ अनि वंशको वृद्धि हुन्छ भन्ने धार्मिक मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता