Logo

नवरात्रीको महत्व



नवरात्री हिन्दुहरुको एक प्रमुख पर्व हो । नवरात्रि शब्द एक सस्कृत शब्द हो । जसको अर्थ हुन्छ ‘नौ रात’ । यस नौ रात र दस दिनको क्रममा शक्ति देवीको नौ रुपको पुजा गरिन्छ । दशौ दिन दशहराको नामले प्रसिद्ध छ । नवरात्रि वर्षमा चार पटक आउछ । चैत्र, असार, असोज र पुस । चैत महिनामा चैत्र नवरात्रि हुन्छ जसलाई ठुलो नवरात्रि भनिन्छ । त्यस्तै असार र पुस महिनाको नवरात्रिलाइ गुप्त नवरात्रि भनिन्छ ।

माताको सबै शक्तिपिठको महत्व फरक फरक छन् । असत्यमाथि सत्यको विजय भएको विशेष दिन नवरात्रिमा हर्षोल्लासको साथमा दुर्गा भगवतीको पुजा गरिन्छ । धर्मशास्त्र अनुसार नवरात्रिमा दुर्गा भगवतीको पुजा गर्ने हो भने माछामासु सेवन, मद्यपान र स्त्रीसँग शयन गर्नुहुँदैन ।

नवरात्रिको नौ रातमा तीन देवी महालक्ष्मी, महासरस्वती र महाकालीको नौ स्वरुपका पुजा हुन्छ । जसको नाम र स्थान क्रमश यस प्रकार छन् । नन्दा देवी योगमाया (बिन्धवासिनी शक्तिपिठ), रक्तदन्तिका(सथुर), शाकम्भरी (सहारनपुर शक्तिपिठ), दुर्गा(काशी), भीमा (पिन्जौर), र भ्रामरी (भ्रमराम्बा शक्तिपिठ) नवदुर्गा भनिन्छ । नवरात्री एक महत्वपुर्ण प्रमुख चाड हो जसलाई हर्सोउल्लासको साथमा मनाइन्छ ।

नौदेवीहरु निम्न छन् ।

शैलपुत्री–पहाडको पुत्री हुन्छ ।
ब्रहचारिणी–ब्रहचारीणी
चन्द्रघन्टा–चन्द्रमा जस्तै चम्कने
कुष्माण्डा–पुरै जगत खुट्टामा
स्कंन्दमाता– कार्तिक स्वामीको माता
कात्यायनी–कात्यायन आश्रममा जन्मिएको
कालरात्रि–कालको नाश गर्ने वली
महागौरी–सेतो रंगको मां
सिद्धिदात्री–सर्व सिद्धि दिने

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता