Logo

आज जनैपूर्णिमा अर्थात् राखी बन्धन  ! दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ



काठमाडौँ । साउन शुक्ल पूर्णिमाका दिन आज चूूडाकर्म सम्पन्न गरेका आमतागाधारीले वैदिक मन्त्रोच्चारण गरिएको यज्ञोपवित अर्थात् रक्षासूूत्र धारण गरेर जनैपूर्णिमा चाड मनाउँदै छन् । चूूडाकर्म नगरेकाले पनि नाडीमा डोरो बाँ’ध्ने चलन छ ।

जनैको ६ शिखालाई ब्रह्मा, विष्णु, महेश्वर र ज्ञान, कर्म, योगका रूपमा सनातन धर्मावलम्बीले मान्दै आएका छन् । जनैलाई ब्रह्म सूत्र वा ज्ञानको धागो मानिन्छ । राक्षसद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँ’धेर संरक्षण गरेको पौराणिक कथा यो चाडसँग जोडिएको छ ।

वामन अवतार विष्णुले राजा बलीलाई मन्त्र साँधिएको डोरो बाँ’धेर वचनबद्ध गराएर तीनै लोक लिएको कथा पनि यो चाडसँग जोडिन्छ । यसै दिन सप्तऋषि काश्यप, अत्रि, गौतम, भारद्वाज जमदग्नी, वाशिष्ठ र विश्वमित्रलाई कुश, कालो तिल र जलले तर्पण दिइने भएकाले ऋषि तर्पणीका रूपमा पनि यो चाड मनाइँदै आएको छ । चाडको अघिल्लो दिन केश मुन्डन गरी टाउकोमा गोबर र तुलसी रोपिएको माटोले स्नान गरेर तागाधारीहरू एकछाके रहेका थिए ।

चाड मनाउन एक दिनअगावै पशुपतिनाथ, गोसाइँकुण्ड स्नानमा जानुहुने भएकाले जनैपूर्णिमाका दिन पशुपतिनाथ मन्दिरका चारै ढोका बन्द रहन्छ । यसै दिन मधेसमा दाजुभाइले दिदीबहिनीलाई राखी बाँ’धेर दीर्घायुको कामना गर्ने प्रचलन छ ।

यसैबीच, जनैपूर्णिमाको एक दिनअघि पशुपतिनाथको जनै फेराउने प्रचलनअनुसार शनिबार नै पशुपतिनाथका मूूल पुजारीले नाथको जनै फेर्नुभयो । पशुपति मन्दिरवरिपरि वैदिक मन्त्रोच्चारण गरिएको काँचो धागो बाँ’धेर मन्दिरलाई स्वच्छ राखियो । मूल पुजारीद्वारा मन्त्रणा गरिएको जनै फेराएपछि पशुपतिनाथ शनिबार गोसाइँकुण्ड स्नानका लागि जानुहुन्छ भन्ने मान्यता छ ।

गोसाइँकुण्ड स्नान गरेर यहाँ फिर्ता नहुन्जेल पशुपतिनाथ मन्दिर आइतबारमात्र खुल्छ । यसो भए पनि कोरोना सङ्क्रमणबाट बच्नरबचाउन पशुपतिनाथ मन्दिर सर्वसाधारणको दर्शनका लागि बन्द नै रहेको छ । पशुपतिनाथ अमालकोट कार्यालयका द्वारे पूर्ण डङ्गोलका अनुसार जनै फेराउने यो सरकारी पूजा हो ।

त्यस्तै जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्य बताउनुहु्न्छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकी जस्ता रोग पनि निको हुने उहाँले सुनाउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता