Logo

श्री पाथिरा माताको दर्शन गरि ०७८ बैशाख १७ गते शुक्रबारको तपाईको यस्तो छ राशिफल हेर्नुस्



 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन् । नसोचेको ठाँउबाट केहि लाभ होला । भाग्योदयको समय रहेको छ । अरुले गरेको कामको मुल्याङ्कन गर्नुपर्ने छ । आज धैर्य धारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् । आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला । ब्यापार भने ठिकै मात्र छ । कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो भने रहनु होला । केहि अधुरो काम सम्पन्न हुने दिन रहेको छ । आर्थिक लाभ पनि होला । पैतृक सम्पतीबाट लाभ हुनुका साथै धार्मिक कार्यमा सम्लग्न हुने समय छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । अरुको कम मात्र भर पर्नु होला । केही विवादमा समेत परिने योग छ, सावधान रहनु होला । शरिरीक तथा मानसिक आलश्यता बढ्नेछ । झै भगडा हुने दिन छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने छ । जगिरका क्रममा समस्या आउन सक्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । यात्रामा भने जोग्गिएर काम गर्नु होला । आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरू माथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन् । अरुले तपाइको तारिफ गर्न सक्छन् । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । मान सम्मान पनि पाइनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी आज नगर्नु होला । मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला । रोगले पनि सताउन सक्छ । धेरै बोल्ने बानीले दुःख पाइएला, होस पुर्याउनु होला । धनको नाश पनि होला । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । धनको साथै अन्नको पनि लाभ हुन सक्छ । प्रेमको प्रसँग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखा पर्ने छ । आफु भन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु होला, समर्थन गर्ने प्रशस्त पाइएलान् । मन्दिरको भ्रमण हुन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ । परिवारमा पनि खुशीको माहोल छाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु होला । गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ । धन कमाउने योग छ । जागिरमा पनि समस्या देखा पर्ने देखिन्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
स्वास्थ्यमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनु पर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्ने छन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुगा, मीठो खानाको आनन्द मिल्नेछ । केही पैसाको हानी पनि होला । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । खर्च धेरै नै बढ्ने छ । कामकै पछी लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । नोकरीमा आफ्ननो बर्चश्व बढाउन सकिनेछ । दिन सामान्य नै छ । विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरेका काममा लाभ मिल्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता