Logo

श्री पाथिभरा माताको दर्शन गरि बैशाख ११ गते शनिबार हेर्नुहोस् राशि अनुसार तपाईंको भाग्यफल यस्तो छ



मेष ःबेकारको वि वा दमा फँ स्न सकिन्छ । बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । मामिलामा पर्न सकिएला । अनौठो समाचार पनि सुन्न पाइएला । अनावश्यक डर, वा द वि वा द हुन सक्नाले होस पुर्याउनु होला । कुसैसँग झ ग डा पनि हुन सक्छ ।

बृष:
व्यापारमा गरेको लगानी सन्तोस प्रद रहनेछ । अरुबाट प्रशंसा पाउनुहोला । मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदी बहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ । ब्यापार तथा जागीरमा दिन ठिकै छ ।

मिथुन :
बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा गर्ने देखिन्छ । पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ । चल अचल सम्पत्तिको कारोबार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ ।

कर्कट :
चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ । टाढाको यात्राको पनि योग रहेको छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

सिंह ः
स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनु होला । धनको पनि नाश हुन दिने छ । पीडा दिनेहरु सक्रिय रहलान । व्यर्थको खर्च हुनेछ । खर्च घटाउने प्रयास गर्नु होला । खानामा पनि एकदमै सावधान रहनु होला, रोग लाग्न सक्छ । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

कन्या :
पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ । नयाँ कामको थालनी हुने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा मामिलामा विजयी भइनेछ । अन्न लाभ पनि होला । आज तपाइको धन लाभको योग छ । पढाइमा प्रगती होला । साथै, दिन खुशी साथ बित्ने छ ।

तुला ः
आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । दिन सामान्य नै रहला । आफन्त मिलनले सुख दिनेछ । पैसा कमाउने योगका साथै पाहुनाको आगमनले मन हर्षित रहला । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।

बृश्चिक:
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुन सक्छ । कामहरु पनि सजिलैसँग बन्ने छन् । साथै, टाढाको यात्रा हुने योग छ । ब्यापारबाट सामान्य नाफा होला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । मन त्यसै शान्त हुनेछ ।

धनु:
घरेलु समस्याले सताउने छ । मित्र बनेर धोका दिनेहरु प्रसस्तै हुनेछन् । साथै, अर्थको पनि हानी हुने दिन छ । शरिरमा रोगले सताउला । धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला । स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । टाढाको यात्रा आज नगर्नु होला ।

मकर:
नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनु पर्ने समय छ । काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छ, रुपैँया पैसाको लेनदेन पनि खासै राम्रो छैन । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ ।

कुम्भ:
आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव हुन्छ । पठन पाठनमा मन जानेछ । घरायसी काममै दिन जाने देखिन्छ । कमाइ सोचे अनुरुप हुनेछ । पठन पाठनमा पनि प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला ।
मीन:

पढाइ र व्यापारमा पाउने सफलता यथावत रहने छ । साथीभाइसँग भेटघाट पनि होला । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागँर बढ्ने देखिन्छ । आर्थिक लाभ पनि होला । आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ । काममा जोश र जागँर बण््ने देखिन्छ र दिन एकदमै राम्रो छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता