Logo

श्री पाथिभरा माताको दर्शन गरि बैशाख १० गते शुक्रबार हेर्नुहोस् राशि अनुसार तपाईंको भाग्यफल यस्तो छ



मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापारिक वा दैनिक काम सन्तोषजनक रुपमा सम्पन्न हुनेछन् । विदेशबाट पैसा पनि प्राप्त होला । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्नेछ । प्रियसाथीसँग पनि भेटघाट होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
खर्च बढ्ने, विबाद बढ्ने तथा शत्रुले सताउने योग छ एकदमै सजक रहनु होला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । सवारी साधन चलाउँदा विचार पुर्याएर मात्र चलाउनु होला । खानामा सचेत रहनु पर्ने दिन छ । अनावश्यक झमेलामा परिएला । यात्राको क्रममा सावधान रहनु होला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ, दिन रमाइलै छ । आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला । ठूला ब्यक्तिसँग पनि भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अन्न लाभ होला, अनौठो खबर सुन्न पाइएला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आज तपाइको धन लाभको योग छ । नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ । आयआर्जन हुने दिन छ । यात्राको संभावना छ । नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ । कृषिको कामबाट विशेष लाभ होला । आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ । लेनदेको काम पनि नगरेकै बेश होला । घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यर्थको खर्च होला । स्वास्थ्यमा गडबडीको सम्भावना छ । खानामा एकदमै सजक रहनु होला । स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला । धनको नाश हुन सक्छ । साथै, प्रेममा पनि धोका होला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । साथै, मनमा केहि दुविधा पनि रहला । काममा सोचे जस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । मन हर्षित रहला । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । स्वास्थ्य कमजोर छ, सोचेको काम समयमै सम्पन्न नहोला ।

मकर )भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
खर्च भन्दा कमाई नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् । वैदेशिक क्षेत्रको लगानी फाइदै होला । कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छा शक्ति पनि बढ्नेछ । पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । काम गर्नमा थप जाँगर थपिने देखिन्छ । पैसा कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
वादविवादको सामना गर्नुपर्ला । पेशागत रुपमा समस्या देखिन सक्छ, घर परिवारमा केही मनमुटाव होला । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । तर, सफलता भने प्राप्त हुने छैन । ब्यर्थै समयको नाश होला । मनमा उदासिन्ता बढ्ने, काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन् । विश्वास गरेकाले धोका दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता