Logo

श्री पाथिभरा माताको दर्शन गरि बैशाख ०८ गते बुधबार,, हेर्नुहोस राशि अनुसार तपाईंको भाग्यफल यस्तो छ



मेषः
व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ । आफन्तको भेटले हर्ष बढ्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । घर घडेरीको व्यापार व्यवसायमा लाभ मिल्ला । विशिष्ट जनसँग मित्रता बढ्न सक्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ ।

बृषः
आर्थिक अभावले सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । रोकिएका काम बन्नेछन् । व्यापार व्यवसायमा उन्नति हुनेछ । काममा जस पाउने सम्भावना छ । स्वास्थ्यमा सामान्य सुधार आउनेछ । लेखन कार्यमा मन लाग्नेछ । सन्तानको सहयोग मिल्नेछ ।

मिथुन ः
पेट र छाती सम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । विश्वास पात्रबाट धोका पाइएला । मानसिक चञ्चलता र उत्साह बढ्नेछ तर अप्रिय समाचारले दुःखी बनाउला । आफन्तको भरण पोषणका निम्ति खर्च वृद्धि हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ ।

कर्कट ः
व्यापार व्यवसायमा विस्तार हुनेछ । कृषि कर्म र चौपायाबाट पनि प्रशस्त लाभ हुनेछ । काममा कठिनाई देखिए पनि अन्ततः खुशी मिल्नेछ । घर जग्गा वा अन्य कुनै स्थिर सम्पत्ति जोड्ने पनि समय छ । धार्मिक कार्यमा संलग्न भइएला । अनुसन्धानात्मक काममा मन जानेछ ।

सिंह ः
बौद्धिक पक्ष सबल बन्नुका साथै मान सम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । प्रयत्न गर्दा विशेष लाभ पाउनुका साथै अध्ययनका लागि अनुकुल समय छ । ब्यापार पनि फस्टाउनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । अध्ययन अध्यापनको पक्षमा पनि राम्रो प्रगति हुने देखिन्छ ।

कन्या ः
रोजगारीमा बाधा साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला । व्यापार व्यवसाय सामान्य रहनेछ । धार्मिक यात्राको योग छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नजिकका आफन्त टाढिन सक्छन् ।

तुला ः
पति र पत्नीबीच असमझदारी बढ्न सक्छ । आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ । समाजमा कुरा काट्नेहरू बढ्नेछन् । दैनिक कार्यमा केही समस्याहरू देखिएलान्, सावधान रहनु होला । खर्चिलो यात्रा गर्नुपर्ने देखिन्छ । साथीभाइको सहयोग सामान्य रहनेछ ।

बृश्चिकः
साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सावधान रहनु होला । मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहुने समय छ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ । आँटेको काम पूर्ण हुनेछ । व्यापार तथा उद्योग तर्फ लगानी बढाउने समय छ ।

धनु ः
गरेको यात्रा उपलब्धी मूलक बन्नेछ । सन्तानबाट पनि सुख मिल्नेछ । सुरुमा कामका कुराले मनमा द्विविधा बढ्न सक्छ तर पनि काम बन्छ । आम्दानीका स्रोतहरू बढ्नाले मन प्रसन्न रहला । प्रेम सम्बन्धमा विश्वासको मात्रा बढ्नेछ । दाजुभाइको सहयोग पनि प्राप्त हुनेछ ।

मकर ः
परिश्रमको राम्रो मूल्यांकन हुनेछ । वैदेशिक रोजगारीको काममा भने केही समस्या आउनेछ । कृषि र व्यवसायमा उन्नति हुनुका साथै अन्य काममा पनि मनग्ये धन कमाउने अवसर जुट्नेछ । आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् ।

कुम्भः
मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिने छन् । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला होसियार रहनु होला । नयाँ कार्यको थालनी गर्ने अवसर मिल्न सक्नेछ । टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ ।

मीन ः
आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । नयाँ नोकरी पाउने वा पुरानो काममा पदोन्नतिको सम्भावना छ तर आत्मीयजनसँग बिछोड होला । पारिवारिक सद्भावले कार्यमा सफलता मिल्नेछ । पहिलेकै लगानी तथा श्रमबाट राम्रे प्रतिफल पाइएला ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता