Logo

यस्तो छ तपाईको सोमबारको भाग्य, चैत्र ९ गतेको राशिफल हेर्नुहोस्



मेषः धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा पनि समय दिन नसकिएला । सवारीमा सावधानी अपनाउनुहोला । हुल मुलमा धनमाल हराउन सक्छ । पहिलेका समस्या दोहोरिन सक्छन् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला ।

बृषः मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ । साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला । आँटेका काममा सहयोग जुटाउनेहरू प्रशस्तै भेटिनेछन् । तर छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ । प्रयत्न गर्दा प्रेम र मित्रता सुमधुर हुनेछ भने काममा आयआर्जन पनि राम्रै हुनेछ ।

मिथुनः मेहनत गर्दा जटिल ठानिएको काम समेत सम्पादन गर्न सकिनेछ । अधिकारका लागि जुट्नुपरे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ला । व्यवसायमा पनि सामान्य फाइदा हुनेछ । आफ्नो अधिकारका लागि सं घ र्षमा उ त्र नु परे पनि प्रतिद्वन्द्वीलाई प रा स्त गर्न सकिनेछ । केही चुनौतीहरू देखिनेछन् तापनि अरूले आँट्न नसकेको काम आफ्ना लागि लाभदायक बन्न सक्छ ।

कर्कटः अध्ययनमा राम्रो प्रगति हुनेछ। हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ । गुरुजनको सहयोग जुट्नेछ । व्यवसायमूलक काममा पनि राम्रै फाइदा हुनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ ।

सिंहः प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ । पशु र कृषिबाट सामान्य लाभ हुनेछ । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । आफ्ना योजना तत्काल सार्वजनिक नगर्नुहोला ।

कन्याः विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। श त्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । छोटो समयमा गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ ।

तुलाः असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ । शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । सानो प्रयत्नले दिगो फाइदा दिलाउन सक्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन् । मेहनत गर्दा रोकिएका काम समेत सम्पादन हुने देखिन्छ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । पठन–पाठनमा पनि प्रगति गर्न सकिनेछ ।

बृश्चिकःमेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । पहिलेको सफलताले काममा उत्साह जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन गर्न सकिनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिरनले व्यक्तित्व निखार्दै धेरैको आकर्षण बन्न सकिनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

धनुःबेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन् । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ । पहिलेका कामबाट सोचेको नतिजा प्राप्त नहुन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ ।

मकरःधेरै श्रम गर्दा तत्काललाई कम मूल्य प्राप्त हुनेछ । तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ । आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन् । भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ । लगानीको तुलनामा थोरै लाभांश देखिए पनि आजको प्रयत्नबाट पछिका लागि फाइदा हुनेछ ।

कुम्भः कीर्तिमानी काम गर्ने समय छ । विशेष भेटघाटले काममा उत्साह बढाउला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

मीनः आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । मेहनत गर्दा एउटै कामबाट दोहोरो फाइदा मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । विशेष योजनाहरू बन्नेछन् । धार्मिक अनुष्ठान वा मंगलमय कृत्य सम्पादन हुन सक्छ । व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ । भाग्योन्नतिको समय छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता