Logo

यस्तो छ आइतबारको तपाईको भाग्य, चैत्र ८ गतेको राशिफल हेर्नुहोस्



मेषः समाजसेवा तथा राजनीतिमा समय व्यतित गर्नेहरुका लागि समय मध्यम रहेकोले समर्थन भन्दा आलोचना सहनु पर्नेछ । व्यापारमा मन्दी आउने तथा खर्च धान्न अलि गाह्रो पर्नेछ । तर पनि सुचना प्रविधिको प्रयोग मार्फत राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनकै शिलशीलामा यात्रा गर्न सकिनेछ तथा अली बढी समय दिए राम्रो नतिजा हात पार्न सकिनेछ ।

वृषः लामो दुरिको यात्राको लागी समय उत्तम रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जाने तथा विदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागि समय फलदायी रहनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । तर पनि खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ ।

मिथुनः सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने व्यापार व्यवसाय फस्टाएर जानेछ । मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ । बुवा तथा अग्रजहरुको धन तथा सम्पत्तीको प्रयोग गरी आए आम्दानी बढाउन सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।

कर्कटः राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको प्रणाली भित्र बसेर गरीने कामबाट मनग्गे फाईदा हुनेछ । कीर्तिमानी काम गरी नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । पढाई लेखाईमा मन जानेछ भने प्रेम सुमधुर भएर जानेछ ।

सिहंः वौद्धिक, प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । दाम्पत्य सुख ,प्रेम तथा पारिवारिक अबस्था सुमधुर हुनेछ ।

कन्याः अध्ययनमा मन जाने तथा अध्ययनै सवालमा प्रविधिको प्रयोग गर्न सकिनछ । व्यापार व्यवसायमा अरुदिन भन्दा सधार भएर जाने तथा केही मात्रामा आम्दानी गर्न सकिनेछ । नसोचेका तथा लामो समय देखि रोकिएर बसेका कामहरु सम्पादन गर्न सकिनेछ । आफन्त तथा घरपरिवारका मानिसबाट सहयोग प्राप्त हुनेछ । माया गर्नेहरुका लागि सम उत्तम रहेको छ ।

तुलाः रमाईलो तथा पारिवारिक माहोलमा दिन बित्नेछ भने पारिवारिक माहोलमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा सानो सानो लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको असस्था राम्रो भएर जानेछ ।

वृश्चिकः न्यायिक निर्णयहरु आफ्नो पक्षमा पार्न सकिनेछ भने स त्रु परास्त हुनेछन् । बिद्या तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । व्यापारमा लगानी गरी दिगो फाईदा हुने कार्य शुभारम्भ गर्न सकिनेछ । पुराना थाति रहेका कामहरु सम्पादन हुनेछन् ।

धनुः वौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरिको यात्राको अफर आउने तथा उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा सन्तानबाट तपाईले शुरु गरेको काममा सहयोग तथा समर्थन पाईनेछ । बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धीत कामबाट मनग्गे लाभ लिन सकिनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउदा मन प्रशन्न हुनेछ ।

मकरः भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । आफन्त तथा आमाको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाई तथा खोजमुलक काममा आन्तरिक यात्रा हुनेछ । माया गर्ने मान्छे पाईने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरी नाम कमाउन सकिनेछ । कृषि तथा सहकारी पेशा व्यवसाय गर्नेहरुका लागि समयले साथ दिनेछ ।

कुम्भः उद्योग तथा व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खेदकुद तथा पराक्रमी क्रिर्याकलापमा भाग लिनेहरुका लागी समयले साथ दिनेछ भने चाहेको उपलब्धी हासिल गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । दाजुभाई तथा छिमेकीको साथ पाईनेछ । लेखन तथा साहित्यमा रुची बड्नेछ ।

मीनः बोलीको प्रभाव बढ्ने हुनाले परामर्श तथा मोटिभेसन क्षेत्रमा समय खर्चिनेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । स्रोत साधन जुट्नाले व्यवसायमा लगानी वढाउन सकिनेछ । आफन्त तथा कुटुम्बबाट सुनिने सुखद समाचारले उत्साह जगाउँनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । पढाई लेखाईमा मन जानेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता