Logo

यस्तो छ तपाईको मंगलबारको भाग्य, चैत्र ३ गतेको राशिफल हेर्नुहोस्



मेषः समय गतिसँगै चल्न ससक्दा अरुभन्दा पछि परिनेछ । पढाई लेखाईमा मन नजादा पुरस्कार तथा प्रशंसापत्र अरुकै हातमा जानेछ । प्रेममा अविस्वास सिर्जना नहोला भन्न सकिन्न । अग्रज तथा गुरुवरको सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । व्यापारमा लगानी गरे अनुसार प्रतिफल पाउन निकै नै मिहेनत गर्नुपर्नेछ ।

वृषः आमा तथा आफन्तसँगको भेटघाटमा सानो बिवाद हुन सक्छ ध्यान दिनुहोला । प्रविधि तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । तरपनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले मनग्गे धन आर्जन गर्ने समय रहेकोछ । बैंक तथा सहकारि व्यवसायबाट आम्दानी बढाउन सकिनेछ । सानो प्रयत्नले कामहरु सम्पादन हुँदा मन प्रशन्न रहनेछ ।

मिथुनः राम्रा तथा परिणाममुखी काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थी काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्ययमबाट सस्कार परिवर्तन गर्न तपाईको भुमिका महत्वपुर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । प्रेममा नजिक हुन सकिनेछ ।

कर्कटः बोल्ने कुरामा ध्यान नजादा आलोचनाको शि का र होईनेछ । कार्यक्षेत्रका कुरा काट्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला समय मध्यमय रहेकोछ । कुटुम्ब तथा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ । व्यापारमा मन्दी आउनेछ । प्रेममा अविस्वास सिर्जना हुनेछ । तरपनि गित संगितको क्षेत्रमा लाग्नेहरुका लागि समयले साथ दिनेछ ।

सिहंः नयाँ कामको अवसर आउने तथा गरीरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाडिएका मित्र तथा आफन्त सँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमी कमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।

कन्याः पढाई लेखाईमा मन नजाँदा भनेजस्तो नतिजा हात पार्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला द ण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा बढी नै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । तर पनी विदेशी सामानको खरिद बिक्रिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेश यात्राको गतिलो योग रहेको छ ।

तुलाः व्यापार व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । वौद्धिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रशन्न हुनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुदा गुरुवर्ग तथा आफन्तहरु खुशी हुनेछन् । दाजुभाई तथा अग्रजहरुको सहयोग पाईनाले नयाँ काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

वृश्चिकः राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशीलताको उच्च मुल्याङ्कन हुनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डो रो क सि लो हुनेछ ।

धनुः समयमा काम सम्पादन नहुँदा निरासा छाउँनेछ । वन्द व्यापारमा मन्दी आउने तथा आर्थिक सं क टको सामाना गर्नु पर्नेछ । क ष्ट कर यात्रा नहोला भन्न सकिन्न । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । आफन्त तथा घर परिवारका मानिससँग मनमुटाव सिर्जना हुने योग रहेको छ ।

मकरः समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धो का हुनेछ भने पति दाम्पत्य जीवनमा घट(पट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनीसँग मन मु’टाव सिर्जना हुने योग रहेको छ ।

कुम्भः अध्ययन, लेखन, कलासाहित्य तथा गीत संगीतमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विस्वासको वातावरण बढ्नेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापारको शिलशीलामा यात्राको अधिक सम्भावना रहेको छ भने दैनिक उपभोग्य तथा निर्माण सामाग्रीको व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ ।

मीनः विद्यामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पो ल्टोमा पार्न सकिनेछ । श त्रु परास्त हुनेछन् भने व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण,रोग तथा श त्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेको छ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता