Logo

यस्तो छ तपाईको आइतबारको भाग्य, चैत्र १ गतेको राशिफल हेर्नुहोस्



मेषः राजनीतिमा चासो रहनेछ । समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्याबस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमानै अवरुद्ध हुन सक्छन् ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरबादि हावि हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुँदा अरुभन्दा पछि परिनेछ ।

बृषः व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निमित बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरि हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । बिद्यार्थिहरुले अध्ययनमा सफलता पाउँनेछन् ।

मिथुनः नोकरिमा प्रतिष्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिवादित निर्णयहरु तपाईकै पक्षमा आउँने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउँने हुँदा घर परिवार तथा आफन्तहरु खुसि हुनेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने सं क ट बाट मुक्ति मिल्ने समय रहेकोछ ।

कर्कटः भौतिक बस्तुहरुको प्रयोग गर्न पाईने तथा आकस्मिक धन सम्पति प्राप्त हुने हुँदा सुखसागरमा रमाउने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउँदै चाहेको गन्तब्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ नयाँ प्रेम प्रस्ताब आउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउँन सकिने र आफन्त तथा सन्तानले प्रगति गरि तपाईलाई सम्झनेछन् ।

सिहंः समय अनुकुल नहुँनाले आमा तथा परिवारका सदस्यहरु तपाईदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । बिद्यार्थिहरुले पढाई लेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ । राजनिति तथा समाजसेवामा अलि बढि गम्भिरता अपनाउनुहोला आलोचना गर्नेहरु सक्रिय रहनेछन् । कृषि पेशा अपनाउनेहरुले मनग्गे रुपैया पैसा संग्रह गर्न सक्नेछन् । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने कुनै काम गर्दै हुनुहुन्छ भने बिहानको समय उत्तम रहेकोछ ।

कन्याः न्यायिक निर्णय तथा कानुनि फैसलाहरु तपाईकै पक्षमा आउँनेछन् । पढाई लेखाईमा मन जाने हुनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुनाले थोरै लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेम बलियो भएर जानेछ । आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना रहेकोछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ ।

तुलाः अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुनाले एक अर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।

बृश्चिकः सामाजिक कामहरु समयमानै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुनेछ । राजनिति कर्मिले सर्बसाधारणको काम गरि पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाई लेखाईमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने समय रहेकोले मन प्रशन्न हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।

धनुः बिदेशि धन सम्पति हात लाग्ने समय रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । अन्य क्रियाकलापमा ध्यान जादा पढाई लेखाई अधुरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्न पर्ने हुँन सक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ ।

मकरः व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पुरा हुने हुनाले मन चङगा हुनेछ । भुमि बाहन तथा पैत्रिक सम्पतिको उपयोग गरि थप फाईदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुँनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउँन सकिने समय रहेकोछ ।

कुम्भः आउँने अवसरलाई सहि रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरिमा बढोत्तरि हुने योग रहेकोछ भने राजनिति गर्नेहरुले राज्यबाट बिशेष पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानि गर्नेहरु सफल रुपमा स्थापित हुँनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ ।

मीनः भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता