Logo

यस्तो छ तपाईको आइतबारको भाग्य, फागुन २३ गतेको राशीफल हेर्नुहोस्



मेषः– काममा फेरबदल हुनसक्छ । मध्यान्ह पछिको समय बढि अनुकुल हुनसक्छ । अरुका कुरा भन्दा आफ्नो कामलाई प्राथमिकता दिनु होला । आय आर्जन बढ्ने छ ।

वृषः– आर्थिक कारोवारमा थोरै ध्यान दिनु होला । संचित धन नास हुन सक्छ । आफन्तबाट नै विश्वास घा त हुनसक्छ सर्तक रहनुहोला । मेहनत बढि गर्नु पर्ला ।

मिथुनः– मध्यान्ह पछि समयमा सुधार आउनेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । अनावस्यक खर्चमा कमी आउनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

कर्कटः– आज समयले कम साथ दिने छ । अनावस्यक काममा समय खर्च हुने छ । खर्चको मात्रा पनि ह्वातै बढ्ने छ । व्यापारमा नोक्सानी हुन सक्छ । आ क्षे प लाग्न सक्छ ।

सिंहः– समय राम्रो चलिरहेको छ,आफ्नो कर्म क्षेत्रबाट बाहिर नजानु होला । नोकरी,राजनीति तथा व्यापार व्यवसाय, वित्तिय कारोवारबाट धन आर्जन हुनेछ ।

कन्याः– काममा देखिएका समस्या कम भएर जाने छन् । मनमा भएको द्विविधा हटेर जानेछ । आफ्नो काम छोडेर अन्त नलाग्नु होला । आर्थिक कारोवारमा सुधार आउनेछ ।

तुलाः– सहज बातावरणको अभाव देखिन्छ । काम गर्दा विभिन्न समस्या झेल्नु पर्ला । व्यापारमा आएको मन्दि कायम नै रहने देखिन्छ । गरेका कामले अरुलाई फाईदा पुग्ने छ ।

वृश्चिकः– प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । बन्न लागेका काम पनि विग्रिन सक्छन् । स्वास्थ्यमा पनि समस्या आउन सक्छ । खर्चको मात्रा बढ्नेछ ।

धनुः– काम गर्दा उत्साहमा सधैं गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । दैनिका काम काजमा साना तिना समस्या आए पनि प्रयत्नबाट समाधान गर्न सकिने छ ।

मकरः– परिवारमा मन मु टा व बढ्न सक्छ । सामान्य प्रयासबाट काम बन्ने छैनन । मेहनतका साथ गरेका काम भने सफल हुने छन् । अरुको मुख नताकि काम गर्नु होला ।

कुम्भः– शारीरिक दूर्वलता तथा मानसिक त ना व बढ्न सक्छ । के गर्ने भन्न कुरामा नै समय जानेछ । आफुमा भएको उर्जाको प्रयोग गर्न नसक्दा पछि परिनेछ ।

मिनः– अनावस्यक त ना व हुनेछ । भौतिक सम्पतिको नास हुन सक्छ । शारीरिक शिथिलता बढ्नेछ । घरयासी समस्याले सताउनेछ । काम गरेर जश भन्दा अपयश मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता