Logo

पाथिभारा माताको दर्शन गरी फागुन १० गतेको राशीफल हेर्नुहोस्



 

मेष: नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कामले फाइदा दिलाउनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ ।

वृष:समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन् । परिश्रमका तुलनामा प्रतिफल कम मात्र प्राप्त हुनेछ । खर्च, विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला । पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला । खर्चको जोहो गर्न आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला ।

मिथुन: आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । चिताएका काममा अलि बा धा हुनसक्छ । समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ ।

कर्कट:सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ । परिश्रम परे पनि समय फलदायी रहनेछ । भूमि तथा पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ ।

सिंह: शा री रि क कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । बाध्यताले अलमल्याउन सक्छ । तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ । सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ ।

कन्या:खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । कामको चाप बढ्नेछ भने समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । हुल मुल मा जिउधन जोगाउन सजग रहनुहोला । अवसरको खोजीमा दौड धुप गर्नुपर्ला । दोहोर्याएर प्रयत्न गर्दा पनि आँटेको काम बन्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला ।

तुला:परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ भने लेखनकलामा निखारता आउनेछ । उपहार र खानपानले दिन आनन्दमय रहनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउने मौका छ । सेवामूलक कामले नाम र प्रतिष्ठा दिलाउनेछ ।

वृश्चिक:भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । नयाँ काम प्रारम्भ हुनेछ भने मिहिनेतले आयस्रोत सबल बनाउन सकिनेछ । व्यापारमा फाइदा हुनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। दिगो काम हातलागी हुने समय छ ।

धनु:अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ । प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ । सहयोगीहरूले साथ दिन छा ड्ने छन् र प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । स्वास्थ्यका लागि खानपान र व्यायाममा ध्यान दिनुहोला । लगनशीलताले मात्र उपलब्धि दिलाउन सक्छ ।

मकर:आश्वासन बाँड्नेहरूले झु क्या उ न सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तो ड्नु पर्ने परिस्थिति आउन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ । मान्यजनको सहयोगले तत्काललाई अन्योल टर्न सक्छ । रोकिएका काम भने दोहोर्याउनुपर्ला । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ ।

कुम्भ: नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको ब न्ध न समेत कसिनेछ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।

मीन:आत्मविश्वासको कमीले काममा पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । खर्च हुने डरले स ता उ न सक्छ । वादविवादबाट टाढा रहनुहोला । अर्थ अभावले पनि काममा बा धा पुग्नेछ । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला । ई र्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला, आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता