Logo

कार्तिक १६ गते मंगलबार ! पाथिभारा माताको दर्शन गरी आफ्नो राशिफल हेर्नुहोस्



 

मेषः आफन्त तथा दिदीबहिनीसँग अवस्था सुमधुर हुने योग रहेको छ । समय तथा परिस्थिती अनुसार चल्नाले राम्रो हुनेछ । व्यापार व्यवसायमा समय दिन सक्दा राम्रो प्रतिफलको योग रहेको छ । माया प्रेममा आत्मियता बृद्धि हुनेछ भने दाम्पत्य जीवन सुखद हुँदै आउनेछ । सामान्य स्वास्थमा समस्या आएपनि अवस्था गम्भीर नभएकाले चिन्ता लिनु पर्ने अवस्था नहोला ।

बृषः घुमफिर तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । व्यापारमा मन्दी आउने तथा साझेदारी व्यावसायमा लगानी कर्ता बीच कुरा नमिल्दा समस्या उत्पन्न हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मनमुटाव बढ्नेछ तथा घर परिवारमा राय बाझिनेछ । पढाइ लेखाइमा मन जानछैन । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुनः न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । विद्या तथा कुनैपनि प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक मु द्दाहरु सहजै हल भएर जानेछन् । पुराना ऋण तथा रोगबाट मुक्ती पाउने समय रहेकोछ । माया प्रेममा विस्वास गर्दै नयाँ ठाउँको यात्रामा निस्कन सकिनेछ ।

कर्कटः राम्रा काम गरी अरुको विश्वास जित्न सकिनेछ । धैर्यधारण गरी काम गर्नाले कामहरु समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउदै विजय भईनेछ । बैक तथा बित्तिय क्षेत्रको लगानी अथवा त्यो सँग सम्वन्धीत कामहरुबाट सन्तुष्टी हुन सकिनेछ ।

सिंहः समय राम्रो रहेकोले कृषि तथा पशुपालन व्यावसायलाई परिमार्जन गरी आम्दानी बढाउन सकिनेछ । घर जग्गाको कारेबार गर्नेहरुले राम्रै आम्दानी गर्न सक्नेछन् । पढाइ लेखाइमा राम्रो नतिजाका साथ अग्र स्थानमा तपाईँको नाम आउनेछ । आमा तथा अग्रजहरुको साथ सहयोगले राम्रा तथा उत्पादन मुलक कामहरु गर्न सकिनेछ ।

कन्याः उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । विवादित विषयको निर्णय तयाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकीसँग मिलेर गरीने व्यापार व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पती तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

तुलाः रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछी परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ ।

बृश्चिकः अवसरहरुको सदुपयोग गर्दै राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीतिमा समय लगानी गर्र्नेहरुले पद पाउने तथा ईज्जत प्रतिष्ठा जोड्न सक्नेछन् । पढाइ लेखाइमा मन जानेछ भने पढाइ कै सवालमा लामो दुरिको यात्रा गर्न सकिनेछ । प्रणय सम्वन्ध थप बलियो बन्नेछ ।

धनुः आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धो का दिने तथा आषा देखाउनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला उपचार खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । तरपनि लामो दुरिको यात्रा हुने तथा विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

मकरः प्राकृतिक स्रोत साधन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने दैनिक मुनाँफामा बृद्धि भएर जानेछ । पढाइ लेखाइमा उत्कृष्ट अंक ल्याउदै अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । भौतिक सम्पती हात लागी हुने योग रहेकोछ ।

कुम्भः तारिफ योग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेकोछ । पैत्रिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने कृषि पशुपालन व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरिको गतिलो योग रहेकोछ । प्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ ।

मीनः लामो दुरिको धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउँन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता