Logo

श्री पाथीभरा माताको दर्शन गरी भदौ २० गते आइतबारको राशिफल हेर्नुहोस्



मेषः राजनीति तथा समाजसेवामा जनतको काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिएपनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

वृषः सानो प्रयत्नले राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । पढाई लेखाईको लागि समय उत्तम रहेको छ भने खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रवल सम्भावना रहेको छ । बिहानको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

मिथुनः बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाई लेखाईमा प्रतिस्पर्धी हरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा सहपाठीहरुबाट सुनिने शुभ समाचारले उत्साह जगाउनेछ । माया प्रेम कसिलो भएर जानेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले भौतिक सम्पत्ती तथा विलाशी वस्तुका प्रयोग गर्दा ध्यान दिनुहोला ।

कर्कटः फेन्सी तथा विलाशी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी बढाउन सकिनेछ । व्यापारकै शिलशीलामा लामो दुरिको यात्रा हुनेछ । साथि संगि तथा ईष्ट मित्रबाट उपहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । पढाई लेखाईमा मन जाने तथा अरुलाई पछि पार्दै नतिजा आफूतिर ल्याउन सकिनेछ ।

सिहंः कुनै पनि विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । सत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ती पाईनेछ । नियम संगत गरेका काममा हुने फैसला तपाईकै पक्षमा हुनेछन् । नोकरीमा बढुवा हुने योग रहेको छ । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ । पछी लाभ हुने काम शुरु गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्द अग्र स्थानमा तपाईको नाम आउनेछ । खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् ।

कन्याः बिहानको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने अध्ययनकै शिलशीलामा लामो दुरिको यात्रा हुनेछ । व्यापार व्यवसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

तुलाः साहसी तथा पराक्रमी काम गरेर प्रशस्त लाभ लिन सकिनेछ । भौतिक साधन स्रोत जुट्नाले काम गर्न सहज हुनेछ । न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । कृषि तथा वित्तिय क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । तर पनि आमा तथा आफन्त सँग टाडिएर यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । सवारी साधको प्रयोग गर्दा वा जग्गा सम्बन्धी काम गर्दा ध्यान दिनुहोला ।

वृश्चिकः व्यापार व्यवसाय फस्टाएर जाने तथा सापटि दिईएका रकमहरु फिर्ता आउनाले दैनिकी सुदृढ हुनेछ । आफन्त तथा कुटुम्वबाट सहयोग पाईनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेम कसिलो भएर जाने तथा जीवन साथीको भरपुर सहयोग पाईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । छोटो तथा उपलब्धी मुलक यात्रा हुनेछ ।

धनुः व्यापार बढ्नुको साथै आम्दानीमा बढोत्तरिको योग रहेको छ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो वातावरण समय व्यतित गर्न सकिनेछ । गाएन तथा कलाकारीता क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुबै कमाउन सक्नेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचार र लेखहरु जनमानसमा लैजान सकिनेछ ।

मकरः बिहानको समयमा लामो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागी समय राम्रो रहेको छ । मध्यान्हबाट राजनीति तथा समाजसेवामा भनेजस्तो समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेको छ । खोजीमुलक क्षेत्रमा रुची बढ्ने तथा अध्ययनमा मन जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ ।

कुम्भः बिहानको समय राम्रो रहेकोले व्यापारमा समय लगानी गर्नेहरुका लागि समय राम्रो रहेको छ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट पढाई लेखाईमा मन नजादा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ ।

मीनः पैत्रिक धन तथा सम्पत्ती को प्रयाग तथा परिचालन मार्फन मनग्गे धन सम्पती जोड्न सकिनेछ । बैंक तथा वित्तिय क्षेत्रमा लगानी हुनेहरुका लागि कारोबारमा सुधार हुनेछ । विद्यार्थीहरुका लागि समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ । ईच्छा,आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा मन प्रशन्न रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता