Logo

श्री पाथिभरा माताको दर्शन गरि शुक्रबार, साउन १५ गतेको राशिफल हेर्नुहोस्



वृषः बोलीको प्रभाव बढ्नेछ । मिहेनतले प्रतिस्पर्धी हरुलाई जित्न सकिनेछ भने अध्ययनमा सफलता हात पार्न सकिनेछ । श त्रु तथा वैर भाव राख्नेहरु कमजोर हुनेछन् । आफन्त तथा कुटुम्बसँग सँगै रहेर समय व्यतित गर्न सकिनेछ । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मिथुनः व्यापारमा मन्दी आउने तथा खर्च धान्न अलि गाह्रो पर्नेछ । तरपनि सूचना प्रविधिको प्रयोग मार्फत राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनकै शिलशिलामा यात्रा गर्न सकिनेछ तथा अलि बढी समय दिए राम्रो नतिजा हात पार्न सकिनेछ । सरसफाईमा ध्यान दिनुहोला ।

कर्कटः समय मध्यम रहेकोले पढाई लेखाईमा भनेजस्तो प्रगति गर्न सकिने छैन । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धो का तथा विश्वास घात हुनेछ । काम गर्दा ध्यान दिनुहोला द ण्ड तथा जरिवाना हुन सक्छ ।

सिंहः अध्ययन तथा अनुसन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

कन्याः व्यवसायमा मन्दि आउनेछ भने भने खाद्यन्न सम्बन्धी व्यापारबाट केही मात्रामा आम्दानी हुनेछ । सरकारी तथा प्रशासनिक काममा तपाईको गतिलो उपस्थिति रहनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ ।

तुलाः व्यापारमा मन्दि आउनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममुखी काम गर्न सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुची बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहानेहरुका लागि समय उत्तम रहेको छ ।

वृश्चिकः गोपनियता तथा गोप्यकुराहरु बाहिरिनाले समस्या पर्न सक्छ ध्यान दिनुहोला । कामका बाधा अवरोधको सामना गर्दै अगाडी बढ्नु पर्ने बाध्यता आउनेछ । समय अनुसार नचल्नाले अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाव बढ्ने योग रहेको छ । स्वास्थ्यमा समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेममा अविश्वास बढ्नेछ ।

धनुः राजनिति तथा राज्यको नजिक बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेको छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डो रो क सि ने छ । किर्तीमानी काम गरी नाम कमाउन सकिनेछ ।

मकरः प्रतिस्पर्धीहरुलाई किनारा लगाउन सकिनेछ । लामो समयदेखी रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ । श त्रु परास्त हुनेछन् । प्रेम तथा मित्रताको ब न्ध न क सि लो भएर जानेछ । सरसफाईमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कुम्भः पढाई लेखाईमा कमजोर नतिजा आउने हुनाले ईष्टमित्र भन्दा पछि परिनेछ । समय तथा प्रविधीको गतिलाई पछ्याउन नसक्दा प्रतिस्पर्धीहरु नै हाबी हुनेछन् । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धी समस्या आउन सक्छ । भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

मीनः घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आमा तथा आफन्तसँग मन मुटाव सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले केही समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धो का तथा शं का बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता