Logo

जसपाले गर्यो कुमार लिङ्देन नेतृत्वको दलसँग एकताको प्रस्ताव



काठमाण्डौं,माघ २४ । जनता समाजवादी पार्टी, नेपालले कुमार लिङ्देन नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताको प्रस्ताव गर्दै पत्र पठाएको छ ।
सोमबार पार्टीको तर्फबाट वार्ता समितिका संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठद्वारा प्रेषित पत्रमा ‘देशले आज श्रमजीवी तथा उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने पार्टीहरुबीच एकता खोजिरहेको छ ।

एकताले देशमा परिवर्तनकारी राजनीतिक एजेण्डाहरु स्थापित गर्न, देशलाई अग्रगमन तर्फ डोर्याउन र उत्पीडित वर्ग तथा पछाडि परेका महिला, मुस्लिम, आदिवासी जनजाति, मधेसी, खस, थारु, शिल्पी-दलित, अल्पसंख्यक तथा सिमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्न तथा देशको प्रतिकूल राजनीतिक शक्ति सन्तुलनलाई अनुकुल बनाउन सकिने’ उल्लेख गरिएको छ ।

‘पार्टी एकताको लागि विचारधारात्मक र संगठनात्मक विषयमा वार्ता एवम् छलफल गर्नका लागि हामी तपाईको पार्टीसँग हार्दिकतासाथ प्रस्ताव अगाडि बढाउन चाहन्छौ’ पत्रमा भनिएको छ ।

जसपाले नेकपा एस, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमुक्ति लगायतका दलहरुसँग पनि एकताको पहल गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता