Logo

स्व लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम यसरी सम्पन्न



डी.ए. भी शुशील केडिया ।  विश्व भारती विद्यालयमा नेपाली साङ्गीतिक क्षेत्रमा लब्धप्रतिष्ठित,व्यक्तित्व, अभिभावक र विद्यार्थीहरुको उपस्थिति बिच स्व लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जलीसभा आयोजन गरिएको छ  कार्यक्रममा लता मङ्गेश्करको वृत्तचित्र प्रर्दशन गरिएको थियो । नेपाली साङ्गीतिक क्षेत्रकी सदावहार गायीका मनिला सोताङ्गले प्रमुख अतिथि उपस्थित रहेकी थिइन। त्यस्तै विशिष्ट अतिथि बबिता मानन्धर रहेकी थिइन् । दुवै गायिकाले उक्त कार्यक्रममा लता मङ्गेश्करप्रति समर्पित रहि साङ्गितिक प्रस्तुती दिएका थिए ।

सोही अवसरमा विद्यालयका अध्यक्ष श्री अनिल केडियाले लता मङ्गेश्कर भारतमा मात्र नभएर विश्वमै एकउत्कृष्ट गायिकाको रुपमा स्थापित रहेको उल्लेख गर्नुभयो । उहाले लताप्रतिसमर्पित रहि साङ्गितिक प्रस्तुती दिनुभयो ।त्यस्तै विद्यालयकी प्राचार्य डा। भुवनेश्वरी रावले लता मङ्गेश्कर स्वरको माध्यमबाट विश्व
समुदायलाई प्रेम र विश्वासमा आबद्ध गर्न सफल भएको बताउनुभयो । उहाँले लता मङ्गेश्करलाई एक साङ्गितिक विश्वविद्यालयको रुपमा समेत चर्चा गर्नु भयो ।

सोहि अवसरमा प्राथमिक विद्यालय तहका विद्यार्थीहरुले ब्यालेट नृत्य, निम्न माध्यामिक विद्यालयक तहका विद्यार्थीहरुले नेपाली, हिन्दी फ्युजन नृत्य र माध्यामिक तहका विद्यार्थीहरुले थेमेटिक नृत्यप्रर्दशन गरे । त्यसैगरि संगीत विभागका प्रमुख जय श्रीवास्तव र अङग्रेजी शिक्षिका शशिल्ता राइले लता मङ्गेश्करद्वारा गाइएको युगल गित प्रस्तु गरे ।

डी .ए. भी. विद्यालयकै कक्षा ९ की एरिका चौधरी र कक्षा ११ का सुमित श्रीवास्तवले गायिका स्व लता मङ्गेश्कर र गायक श्री रामकृष्ण ढकालद्वारा गाइएको गित बाचुन्जेलीलाई लाई प्रस्तुत गरे ।कार्यक्रमलाई भव्य एवं सभ्य बनाउन प्रथम महिला सुनिता केडिया लगायत सम्पूर्ण विद्यालय
व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति थियो। सोही अवसरमा नेपाल भारत मैत्रि समाज सम्बद्ध बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।

विद्यालयले स्व गायिका लत मङ्गेश्करको सम्झनामा हरेक वर्ष सांगीतिक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता