सुशान्तको जन्मदिनमा प्रेमिका रियाले लेखिन् यस्तो भावुक स्टाटस, सुशान्तको मृत्यु हुनुभन्दा एक साता अघि किन छोडेकी थिइन् सुशान्तलाई ?
एजेन्सी । आज दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको जन्मदिन हो । जस्टिस फर सुशान्त आज बिहानैदेखि सोशल मिडियामा ट्रेन्डिङमा छ। संसारभरका फ्यानहरूले उनलाई ट्वीट गरेर सम्झिरहेका छन् । उनको जन्मदिनमा धेरै बलिउड कलाकारहरुले पनि उनलाई सम्झेका छन् । उनकी प्रेमिका रिया चक्रवर्तीले पनि केही मिनेटअघि आफ्नो इन्स्टाग्राममा सुशान्तलाई सम्झँदै एउटा भिडियो शेयर गरेकी छिन् र आफूले उनलाई धेरै मिस गरेको बताएकी छिन् ।
रियाले भिडियो साझा गरेर सुशान्तलाई सम्झेकी छन् । यो भिडियोमा उनी सुशान्तसँग वर्कआउट गरिरहेकी छिन् । यस भिडियोमा दुबै एकअर्कासँग खुसी छन् र एकअर्कालाई समातेर पोज दिइरहेका छन् । भिडियोमा जिम जस्तो देखिन्छ । यो सेयर गर्दै रियाले लेखेकी छिन्– म तिमीलाई धेरै मिस गर्छु लभ ।
रियाको यो भिडियो मिनेटमै १२ हजार मानिसले हेरिसकेका छन् । यति मात्र होइन, मानिसहरूले कमेन्ट गरेर आफ्नो धारणा पनि व्यक्त गरिरहेका छन् । कतिपयले सुशान्तको मृत्युको लागि रियालाई दो ष दिइरहेका छन् भने कतिपयले यो भिडियोको तारिफ पनि गरिरहेका छन् । योसँगै धेरैले रियालाई यो प्रश्न पनि सोधे कि उनले सुशान्तलाई किन छोडिन् ।