Logo

नागरिक उन्मुक्ति पार्टी व्यापारीकरण भयो, त्यसैले एकता भंग गर्‍यौं : अध्यक्ष महतो



काठमाण्डौं,बैशाख २१ । नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले नागरिक उन्मुक्ति पार्टी व्यापारीकरण भएको आरोप लगाएका छन् । उनले नागरिक उन्मुक्ति पार्टी व्यापारीकरणमा परिणत भएकोले सो पार्टीसँग एकता भंग गरी नेसपा पुनः आफ्नो गतिविधि अगाडि बताएका हुन् ।

नेसपाले बिहीबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी अध्यक्ष महतोले नागरिक उन्मुक्ति पार्टीसँग जुन उद्देश्य, मुद्दा र सहमतिका एकीकरण भएको थियो त्यसअनुसार चल्न नसकेको उनको आरोप थियो । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच गत साउन २० गने एकीकरण घोषणा भएको थियो ।
नाउपाको गत पुसमा टीकापुरमा भएको राष्ट्रिय महाधिवेशनमा आफ्ना नेता कार्यकर्तासँग करोडौं रुपैयाँ असुलेको आरोप लगाउँदै अध्यक्ष महतोले भने, ‘महाधिवेशनमा नाउपाले करोडौं रुपैयाँ उठाएको छ । हिसाब दिने बेलामा श्रीमान–श्रीमतिले विभिन्न बहाना बनाएर पार्टीलाई ने समाप्त पार्ने अवस्थामा हामीले यही बैशाख ३ गते त्यो एकतालाई भंग गरेर नेपाल सद्भावना पार्टी अलग भइसकेको छ ।’

नेपाल सद्भावना पार्टी अब आफ्नै गतिविधि सञ्चालन गर्ने अध्यक्ष महतोले जानकारी दिएका छन् । साथै उनले नेसपाको केन्द्रीय कार्यकारिणी समितिले गरेका निर्णयहरुसमेत सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता