पश्चिमी वायुको आंशिक प्रभाव, मंगलबारबाट मौसममा सुधार

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। देशका पहाडि भू(भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
आइतबार प्रदेश १ का पहाडी भू(भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू(भागहरूमा आंशिक बदली र बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १ का पहाडी भू(भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सोमबार प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू(भागहरुमा आंशिक बदली र बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।
मंगलबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागहरुमा आंशिक बदली र बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।