Logo

जनकपुर–जयनगर रेलः सञ्चालनको भाखा सरेको सर्‍यै



काठमाडौं, कार्तिक ५ । सञ्चालनको पूर्वतयारी विना नै रेल आयात गरिएकाले जनकपुर–जयनगर रेल सञ्चालन गर्ने भाका सरेको स¥यै छ । असोज १ गते नेपाल ल्याई २ गते परीक्षण सञ्चालन भइसकेको उक्त रेल डेढ महीनाभित्रै अर्थात् कात्तिक १५ गते सञ्चालन गर्ने दाबी गरिएको थियो । तर, अहिले यो भाका पुस पहिलो साता सरेको छ । यसरी रेल सञ्चालनमा ढिलाइ हुँदा रेलका पार्टपुर्जा बिग्रने खतरा बढेको छ ।

कर्मचारी नियुक्तिलगायत आवश्यक प्रक्रिया पूरा गरी पुस पहिलो सातादेखि उक्त रूटमा रेल सञ्चालन गर्ने लक्ष्य राखिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । यसअघि उनले डेढदेखि २ महीनाभित्र रेल सञ्चालन हुने दाबी गरेका थिए । ३८ किलोमीटर लामो रेलवेको पूर्वाधार बनेर परीक्षण भइसके पनि कर्मचारी व्यवस्थापन गर्न नसक्दा रेललाई त्रिपाल ओढाएर राखिएको छ ।

रेल आउने निश्चित भए पनि कम्पनीले रेल ल्याउने २ दिनअघि मात्रै अर्थात् भदौ २९ गते १२९ कर्मचारी करारमा नियुक्तिका लागि सूचना जारी गरेको थियो । कम्पनीले कर्मचारी नियुक्तिका लागि अघि बढाएको प्रक्रिया विफल भएको र लोक सेवा आयोगले समेत चासो दिएपछि रेल सञ्चालनका जनशक्ति व्यवस्थापनमा थप विलम्ब हुने देखिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता