Logo

एक महिने बोनसमा पनि आएन मेलम्चीको पानी



काठमाडौं, कात्तिक ५ । यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौं उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

यससँगै निर्धारित समयभन्दा तीन महिनाअगावै काम सकेर बोनस खाने ठेकेदार कम्पनीको लक्ष्य पनि प्रभावित भएको छ ।

अन्ततः पानी पथान्तरणको वैकल्पिक संरचना (अस्थायी डाइभर्सन)बाट सुरुङमा पानी पठाएर २०७७ को दशैँसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने खानेपानी मन्त्रालयको घोषणा घोषणामै सीमित भयो ।

सुरुङमा जडान गरिएको (गेट) प्रवेशद्वारलाई पथान्तरण गरिएको पानीले भत्काएपछि यो दशैँमा पानी ल्याउन सम्भव नभएको मन्त्रालयको दाबी छ ।

अन्तिम अवस्थामा अम्बाथानको प्रवेशद्वार भत्किएपछि चारवटै प्रवेशद्वारको पुनः निर्माण गर्नु परेकाले पानी आउन ढिलाइ भएको मन्त्रालयको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता